इन्फो नेपाल — सञ्चारको सञ्जाल

ओलीले बिशेष भोज खुवाउने एमालेकाे महाधिवेशनमा माछा र मासु नटुटाइने,मेनुसहित हेर्नुस्

मंसिर १० देखि १२ सम्म चितवनमा नेकपा एमालेको १० औँ महाधिवेशन भव्य रुपमा गर्न लागिएको छ । महाधिवेशनमा उपस्थित सबैका लागि गाँस, बाँसको दरिलो व्यवस्था गरिएको छ । तीन दिने महाधिवेशनको पहिलो विशेष भोज अध्यक्ष केपी शर्मा ओलीले खुवाउने बताइएको छ । १० मंसिरमा नारायणगढस्थित नारायणी नदी किनारमा एमाले महाधिवेशनको उद्घाटन सत्र हुँदैछ भने ११ र १२ मंसिरमा सौराहामा बन्द सत्र भव्य रुपमा आयोजना गरिएको छ । बन्द सत्रका लागि भनेर होटेलका ३५ सय बेड अग्रिम बुकिङ गरिएको छ । बन्द सत्रको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि, स्वयंसेवक, अतिथि र पत्रकारहरूलाई निमन्त्रणा गरिएको छ ।बन्द सत्रका लागि भनेर होटल सेभेन स्टारमा सबैका लागि तीन छाक खानाको व्यवस्था भएको छ भने दुई छाक खाना भने बस्ने होटेलमै व्यवस्था गरिएको छ । खानाको तालिका यस्तो छ पहिलो विशेष भोज - मंसिर १० गते बेलुकी एमाले अध्यक्ष ओलीको तर्फबाट विशेष खानाको व्यवस्था । बन्द सत्रको तीन छाक खानामा १०÷१० प्रकारका खानाको आइटमहरु रहेका छन् । प्रत्येक छाकमा खसीको मासु, कुखुराको मासु र माछा अनिवार्य राखिएको छ । पहिलो छाक -सलाद बार, सादा खाना, मिक्स दाल फ्राई, राज्मा आलु, भेज करी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र फलफूल। दोस्रो छाक - सलाद बार, सादा खाना, दाल मखनी, आलु गोभी, मसरुम मटर, मटन करी, चिकन डोपियाजा, माछा फ्राई, अचार साँदेको र सवुदाना । अन्तिम वा तेस्रो छाक - सलाद बार, सादा खाना, कालो दाल, आलुबोडी तामा, भेज तरकारी, मटन करी, चिकन ओभन रोष्ट, माछा फ्राई, अचार र सिवाई।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क