इन्फो नेपाल — सञ्चारको सञ्जाल

औषधिमा निःशुल्क लेखिएको अक्षरलाई मेटेर सेवाग्रीसंग पैसा लिदै हेटौंडा अस्पताल

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य भागमा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालले नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको औषधि सेवाग्रीसंग पैसा लिएर बेचेको फेला परेको छ । सरकारले निःशुल्क भनेको औषधि हेटौंडा अस्पतालको फार्मेसीले धमाधम पैसा लिएर सेवाग्राहीलाई बेच्ने गरेको पाईएको हो । हेटौंडा अस्पतालको फार्मेसीबाट स्वासप्रश्वासका दिर्घरोगीले प्रयोग गर्ने आस्थालिन नामक औषधि पैसा लिएर धमाधम विक्री भईरहेको छ । निःशुल्क लेखिएको अक्षरलाई मार्करले मेटेर हेटौंडा अस्पतालको फार्मेसीले औषधि धमाधम विक्री गरिरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले नेपाल सरकारले निःशु्ल्क उपलब्ध गराएको औषधि हेटौंडा अस्पतालको फार्मेसीले पैसा लिएर विक्री वितरण गरेको प्रति जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई ध्यानाकर्षण गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति भरत पराजुलीले एक प्रेस विज्ञप्ती जारी गर्दै सेवाग्राहीलाई ठग्ने उपर अनुगमन गरी कार्वाहीको माग गरेका हुन्। सरकारी निःशुल्क औषधि पैसा लिएर बिक्री गरेको आरोपमा हेटौंडा अस्पतालको फार्मेसीका कर्मचारी विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क