इन्फो नेपाल — सञ्चारको सञ्जाल

कन्या राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल

ज्योतिषको दृष्टिकोणले यो वर्ष कस्तो रहनेछ ? कन्या राशिहरुका लागि यो वर्ष २०८० कस्तो रहनेछ ? कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) कन्या राशि हुनेहरूका लागि २०८० साल राम्रो रहनेछ । शनिको अवस्था राम्रो भएकाले शुभ फल मिल्ने, पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ, गुरु, राहु र केतुको कारणले गर्दा दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा समेत ह्रास आउनसक्छ, तर राम्रो कर्म गरे अनावश्यक शुभ फल पाइनेछ । मंसिर महिनबाट शुभ फल मिल्ने र आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ । कन्या राशिको लागि यो वर्ष धन लाभ हुने नै छ तर सामान हराउने वा फस्न सक्छ भने कृषि, सेयरबजार, घरजग्गा, शिक्षाक्षेत्र तथा पर्यटन क्षेत्रमा गरिएको लगानी मौलाउनेछ भने धातु र खाद्यान्नमा गरेको लगानीबाट त्यति राम्रै प्रतिफल पाइनेछैन । आर्थिक दृष्टिले असार, भाद्र, मंसिर र फागुन महिना शुभ रहनेछ । बृहस्पति, राहु र केतुको कारणले प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको सुरुमा भने प्रेम सम्बन्ध सुमधुर भएपनि मङ्सिरबाट त्यति राम्रो नहोला । सन्तानको रहर गर्नेहरूको लागि भने जन्म कुण्डलीमा गुरु, राहु र केतुको अवस्था ठीक भएमा सन्तान सुख मिल्ने सम्भावना भने रहेको छ । यो वर्ष अध्ययन अध्यापनमा सामान्य नै रहनेछ । बृहस्पति, राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गारो पर्नेछ । व्याक लागेका विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण गर्न पनि समस्या आउला । शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाईको सिलसिलामा विदेश जानेले भने राम्रो सफलता पाउनेछन् । यसपालि आफ्नो पेशा वा रोजगारमा अनावश्यक अपजस आउनसक्छ । मिहिनेत अनुसारको फल, नयाँ लगानी, जागिर वा रोजगारले खासै राम्रो फल नमिल्ला । गुरु, राहु र केतुको कारणले विद्या र बुद्धिमा केही कमजोरी आउन सक्छ । वैदेशिक रोजगारमा रहेकाहरूलाई भने यो वर्ष सफलता मिल्नेछ । जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ ।यो वर्ष चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ, अत: सवारीसाधन चलाउँदा सावधानी अपनाउनु पर्नेछ । पेट, टाउको तथा ग्यास्टिक रोगले सताउन सक्छ र घर परिवारको औषध उपचारमा पनि खर्च बढ्नेछ । आहार विहारमा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ । शुभ रङ्ग निलो, रातो, पहेँलो, खैरो र हरियो शुभ रङ्ग हो । शुभ अङ्क २, ३, ६, ७ र ९ शुभ अङ्क हो । प्रत्येक सोमबार शिव भगवानको दर्शन, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । गुरु, राहु र केतुको ग्रह शान्ति गर्दा राम्रो होला भने वर पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ । मेष राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल वृष राशिको लागि बर्ष २०८० कस्तो रहला? हेर्नुस राशिफल बार्षिक राशिफल : मिथुन र कर्कट राशिका लागि २०८० कस्तो रहला? हेर्नुहोस

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी