Friday, January 17, 2025
राशिफलबार्षिक राशिफल : मिथुन र कर्कट राशिका लागि २०८० कस्तो रहला? हेर्नुहोस

बार्षिक राशिफल : मिथुन र कर्कट राशिका लागि २०८० कस्तो रहला? हेर्नुहोस

ज्योतिषको दृष्टिकोणले मिथुन र कर्कट राशिहरुका लागि यो वर्ष २०८० कस्तो रहनेछ ?

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ, बृहस्पति र राहुको कारणले शुभ फल दिनेछ । वर्ष भरीनै शनिको कारणले भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुनेछ, तर स्वदेशको कमाईले व्यवहार धान्न गारो पर्ला । केतुको कारणले सन्तान सुख नमिल्ने, गरेको कार्यमा ढिलासुस्ती हुने, चोटपटकको भय रहने, विद्या र बुद्धि पनि ह्रास आउनसक्छ । यो वर्ष आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन र प्राविधिक कारोबार फस्टाउनेछ । सेयर बजारको कारोबार भने त्यति राम्रो हुन्न, तर मेसिनरी, निर्माण र खाद्यान्नको व्यवसायबाट भने राम्रो हुनसक्छ । पुरानो ऋण तिर्न सकिनेछ, तर आय भन्दा व्यय बढ्नसक्छ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर र चैत महिना राम्रो छ ।

सबैसँगको सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नी या प्रेमी प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । कसैकसैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् । वर्षको उत्तरार्धमा नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अत: विवाद बढ्न सक्छ र आफ्नो कार्य क्षेत्रका सहकर्मीसँग भने मनमुटाव पनि बढ्नसक्छ । शत्रु पनि हावी हुनसक्छन् । यो वर्ष पठनपाठनमा सफलता मिल्ने देखिन्छ । विशेषगरि स्वास्थ्य, डिजाइन, साहित्य र मनोरञ्जन विषयका विद्यार्थीहरूले उत्कृष्ट नतिजा पाउनेछन् । रोकिएका अधुरा विषयमा पनि उत्तीर्ण हुन सकिनेछ । वैदेशिक विद्यार्थीहरूले भने अलि बढी मिहिनेत र संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रबाट जेठ, असोज र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

यो वर्ष वैदेशिक व्यापार व्यवसाय घट्ने र आर्थिक क्षति हुनसक्छ अत: कटाई लगानी गर्नु पूर्व विचार निकै पुर्याउनु पर्छ । कडा मिहिनेत गरे पद र प्रतिष्ठा भने पाइने र प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । हार्डवेयर, जग्गाजमिन र दलाली पेशामा आवद्ध व्यक्तिहरूको बढी लाभ हुनेछ । वर्ष वायुविकार, हड्डी र नशाको समस्या बढ्न सक्छ, अत: आहार विहार र स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने समाधान हुनेछ ।

शुभ रङ्ग हरियो, रातो, गुलाबी र सेतो शुभ रङ्ग हो । शुभ अङ्क १, ३, ६ र ९ शुभ अङ्क हो ।ग्रह पीडाबाट बच्न नवग्रहको शान्ति गर्दा राम्रो हुनेछ । भगवान शिवजी र भैरवजीको दर्शन, पूजा, आरधना, पाठ र जप गर्नाले राम्रो हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कर्कट राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । वर्षभरी शनिग्रहको अढ़ैयाले सकारात्मक फल नदेला । बृहस्पति, शनि, राहु र केतुले अशुभ स्थानमा गोचर गर्नाले पनि राम्रो फल नदेला, आर्थिक उतारचढाव गराउने र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढाउन सक्छ । जन्म कुण्डलीमा बृहस्पति र शनि राम्रो अवस्थामा भए शुभ फल दिनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । व्यापारीका दृष्टिले यो वर्ष सामान्य नै रहने छ अत: बुद्धिले काम गर्दा फाइदा मिल्नेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । धनार्जनका स्रोत बढेर जानेछ । तरल पदार्थ, घरजग्गा, शृंगार र सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । वर्षको उत्तरार्धमा दलाली र खाद्यान्नको कारोबारमा भने मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, असोज र माघ महिना लाभदायक रहनेछ ।

यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ । नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन् । यो वर्ष कर्कट राशिका जातकलाई अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार सफलता मिल्नेछ । पुराना र नयाँ रिजल्ट राम्रै हुन सक्नेछ । डिजाइन, भाषा, प्राविधिक तथा व्यवस्थापन विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई पनि राम्रै हुनेछ ।

यो वर्ष आफ्नो पेशा वा कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । साउन महिना पछि नयाँ रोजगारको अवसर आउनेछ । सरकारी कर्मचारीहरूले बढी सजगता अपनाउनु पर्नेछ । राहु र शनिको नकारात्मक प्रभावले झुटा आरोप लाग्न सक्नेछ । कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला । प्रजनन, पेट र नसाको समस्या बढ्नाले दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारको स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला ।

शुभ रङ्ग सेतो, रातो, हरियो र पहेँलो शुभ रङ्ग हो । शुभ अङ्क २, ३, ६ र ७ शुभ अङ्क हो । ग्रह पीडा कमगर्न बृहस्पति, शनि, राहु र केतु सहित नवग्रह शान्ति र जप गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले पनि राम्रो हुन्छ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img