इन्फो नेपाल — सञ्चारको सञ्जाल

कर्मचारी थुन्ने मात्रिका यादवको झल्को दिने राजाको झापड

काठमाडौं- हिजो (शुक्रबार ) देखी  हलमा लागिरहेको छक्का पञ्जा ४ मा कसरी एक मिटरब्याजी गुण्डा शक्तिमा पुग्छ, कसरी जनताको मन जित्छ र शासन गर्छ भन्ने कथा प्रस्तुत गरिएको छ। छक्का पञ्जा ४ मा वर्तमान राजनीतिक विकृति, नातावाद, राजनीतिक शक्तिको दुरुपयोग, मिडिया शक्तिको प्रयोग र दुर्बल कानूनलाई तिखो व्यङ्ग्य हानिएको छ। कर्मचारीतन्त्र, कर्मचारीका युनियनले बिगारेको प्रणाली लगायतका गम्भीर विषयलाई फिल्ममा पस्तुत गरिएको छ।  विवादित पृष्ठभूमिबाट राजनीति प्रवेश गरेको राजा सरकारी कर्मचारीलाई कार्यालयमा झापड हान्छन्। कानून अटेर गर्छन्। उनले मन्त्रीहुँदा कर्मचारी थुन्ने मात्रिका यादवको झल्को पनि दिन्छन्। फिल्ममा कर्मचारीको ढिलासुस्ती, लापरवाही, राजनीति गन्हाएको युनियन लगायतका विषयमा प्रश्न उठाइएको छ।  चर्चित राजनीतिक नायकहरूबारे सामाजिक सञ्जालमा कसैले नराम्रो टीकाटिप्पणी गर्नासाथ साइबर सेनाले गर्ने चरित्रह$त्या, नकारात्मक गाली र धम्कीका बारेमा पनि फिल्ममा स्पस्ट पारिएको छ, जुन यतिबेला वास्तविकरूपमै गम्भीर विषय हो। मिडिया आर्थिक प्रलोभनमा नेताको पछि लागेको देखाइएको छ। फिल्ममा कलाकारको अभिनय मौलिक छ। फिल्मको विषयवस्तु यसको सबैभन्दा अब्बल पाटो हो। कानूनभन्दा सामाजिक सञ्जालले बनाइदिएको एक व्यक्तिको शक्तिलाई मुख्य विषय बनाइएको छ। उसको मिडियाबाट बनाईएको नक्कली छवीको शक्ती देखाइएको छ।  

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता