इन्फो नेपाल — सञ्चारको सञ्जाल

कवि चन्द्र गुरूङको कविता सङ्ग्रह ` जब एउटा मान्छे हराउँछ ´ माथि विमर्श कार्यक्रम

सुनसरी / इटहरी २ रहेको सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा कवि चन्द्र गुरूङको नवकृति कविता सङ्ग्रह ` जब एउटा मान्छे हराउँछ ´ माथि विमर्श कार्यक्रम भएको छ । आज शनिबार क्यानभार साहित्य समाज तरहराद्वारा आयोजना गरिएको कार्यक्रममा वक्ता बद्री तिवारी र मिश्र बैजयन्तीले कविता माथि विमर्श गरेका हुन् । विमर्श कार्यक्रमलाई कवि विनय सरगमले सहजीकरण गरेका हुन् । वक्ताका रूपमा रहेका कवि बद्री भिखारीले कवि गुरुङका कवितासङ्ग्रहमा सरल र नरम कविताहरू रहेको उल्लेख गरे । ‘कविताहरू सरल र शक्तिशाली छन्,’ भिखारीले भने, ‘मानिस जस्तै नरम कविताहरू रहेकाले यो सङ्ग्रहले न्याय पाएको छ ।’ कवि गुरुङले रोजगारीका सिलसिलामा प्रवासमा रहँदा भोगेका पीडा, त्यस समयमा नेपालमा भएका परिवर्तनहरु तथा कविले अनुभूत गरेका देशप्रतिको भक्तिभाव उनका कवितामा प्रतिबिम्बित भएको वक्ता भिखारीको भनाइ थियो । वक्ताकै रूपमा रहेकी कवि मिश्र बैजयन्तीले गुरुङका कवितासङ्ग्रहमा सामान्यजस्ता कविता लागेपनि असामान्य कविताहरू रहेको ´कविता सामान्यजस्ता लागेपनि कविले कवितालाई मनन गर्न सकेका , ‘कविले कवितामा पहिचानका मुद्वा सशक्त रूपमा उठाएका छन्, बा को अनुहार आफूजस्तै देख्नु भनेको पहिचानको कुरा व्यक्त गरीन् । ` कविता म भित्र रहेको सुन्दर संसार हो । म यसलाई अझै विस्तार गर्न चाहान्छु , जहाँ सबैको दु:खसुख कथाव्याका लागि पर्याप्त ठाउँ होस् । ´ कवि चन्द्र अटल विश्वासमा म पनि मिसिन चाहान्छु भनी कविता चन्द्र गुरूङले व्यक्त गरेका छन् । कविता अन्त्य शालिन विरोह क्षेत्रको रहेको छ । लेखक चन्द्र गुरूङद्वारा लेखिएको कविता गीत गाइरहन्छ , बाको अनुहार , आमा , चराहरूले छोडेर गएपछि , कवि र कविता , पानी नचल्ने मान्छे र परदेशको जीवन माथि वक्ताहरूले विमर्श गरेर सुनाएका थिए । उनले लेखेको कविता ´जब एउटा मान्छे हराउँछ´ कवितामा बूढो माझिको देश, आमा , परदेशमा बसेका युवाहरूको भावना कवितामा प्रस्तुत भएको छ ।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता