इन्फो नेपाल — सञ्चारको सञ्जाल

कांग्रेसलाई फेरि धोका दिँदै प्रचण्ड, आफ्ना नेताहरूलाई गरे यस्तो सर्कुलर

काठमाडौं - नेपालको राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जति अस्थिर नेता सायदै कम होलान् । उनी कहिल्यै पनि स्थिर देखिएका छैनन् । कांग्रेससँग सरकार चलाइरहेका बेला उनले ०७४ सालमा एमालेसँग सहकार्य गरेर चुनाव जिते । पछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण नै गराए । तर, त्यो तीन वर्ष पनि टिकेन । त्यसपछि फेरि उनी नेपाली कांग्रेसकै शरणमा आइपुगे । अबदेखि गल्ती गर्दिन भनेर बाचा कसम पनि खाए । अहिले पनि कांग्रेस र माओवादी केन्द्र सरकारमा छन् । पाँचदलीय गठबन्धन बनेको छ । तर, कांग्रेसले चुनावमा गठबन्धन नगरेको भन्दै अहिले फेरि उनी एमालेको शरणमा पुगेका छन् । उनले स्थानीय निर्वाचनमा एमालेसँग गठबन्धन गरेर जान जिल्ला जिल्लामा आफ्ना नेताहरूलाई निर्देशन दिएको समाचार बाहिरिएको छ । माओवादी केन्द्रका नेता चक्रपाणि खनालले अध्यक्ष प्रचण्डले एमालेसँग मिलेर चुनाव लड्न सर्कुलर नै जारी गरिसकेको जानकारी दिएका छन् । प्रचण्डको यो हर्कतले नेपाली कांग्रेसलाई भने गठबन्धन नगर्न बाटो खुला भएको छ । यसै पनि नेपाली कांग्रेसमा चुनावमा गठबन्धन नगर्न दबाब पर्र्दै आएको छ । कम्युनिस्ट पार्टीहरू विभाजित भएका बेला कांग्रेस एक्लै चुनावमा जानुपर्ने मत बलियो छ । तर, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा भने कम्युनिस्टको भर हुन्न, फेरि पनि उनीहरू मिल्न सक्छन् भन्दै केही केही ठाउँमा गठबन्धन गरेर जानुपर्ने मनस्थितिमा देखिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारण देउवा आफ्नो मनस्थिति परिवर्तन गर्न बाध्य हुनेमा कांग्रेस नेता कार्यकर्ता विश्वस्त छन् । यतिबेला आफ्ना धेरै नेता कार्यकर्ताले पार्टी छाडेको भन्दै प्रचण्ड एमालेसँग मिल्न बाध्य हुने विश्लेषण गर्न थालिएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क