इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘कांग्रेसले गठबन्धन भत्काउँदै छ रे नि !’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले आफूहरूले सत्तामा सहकार्य गरेको बताएका छन् । शनिबार उपसभामुखको निर्वाचनपछि संसद् भवनबाट बाहिरिने क्रममा उनले आफूहरूले गठबन्धन नगरेको बताए । सत्ता गठबन्धनमा आबद्ध सात दलबीच सहकार्य भएको उनको भनाइ थियो । त्यसक्रममा उनलाई सञ्चारकर्मीले ‘कांग्रेसले गठबन्धन भत्काउँदै छ रे नि !’ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, “हामीले गठबन्धन गरेकै छैन, के भत्काउने ? सहकार्य गरेको हो नि । उपसभामुख चयन भइसक्यो ।” उनले राष्ट्रपति पदको निर्वाचनका लागि पार्टीले राम्रो तयारी गरेको पनि बताए । “राष्ट्रपतिको तयारी राम्रो छ,” उनले भने । ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उमेदवारका पक्षमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क