इन्फो नेपाल — सञ्चारको सञ्जाल

कांग्रेस महाधिवेशनः निकट नेताको राजनीतिक सुरक्षा खोज्ने रणनीतिमा सिटौला

नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा आउन नेताहरुबीच गुटबन्दी र पदीय रक्षाको लडाई उत्कर्षमा पुगेको छ । सभापतिका लागि मात्र वर्तमान सभापति शेरबहादुर देउवासहित ६ जना उम्मेदवार आकांक्षी देखिदा पूर्वमहामन्त्री तथा अघिल्लो महाधिवेशनमा सभापतिका प्रत्यासी कृष्णप्रसाद सिटौला भने आफू निकट नेताको व्यवस्थापनमा जुटेका छन् । कांग्रेसका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको लिगेसी दावी गर्दै शेखर कोइराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधिले सभापतिमा दावी गरिरहदा सिटौला भने सभापतिका अर्का आकांक्षी देउवासँग निजक रहेर पहिला आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन् । विगतमा सभापतिका उम्मेदवारका रुपमा आफुलाई उभ्याउदै आएका सिटौला आकांक्षी वढेसँगै सभापतिको दौडवाट पछि हटेका छन् । तर उनले आफूलाई समर्थन गर्दै आएका पूर्वविद्यार्थी नेता प्रदीप पौडेल, नेताहरु उमाकान्त चौधरी, शिवप्रसाद गुमागाईलगायतका दुई दर्जन वढी नेतालाई केन्द्रीय समितिमा अटाउने गरी सभापतिका आकांक्षीहरुसँग बेग्लावेग्लै छलफल गरिरहेका छन् । महाधिवेशन उद्घाटनको दिनसम्म आइपुग्दा उनी वर्तमान सभापति शेरबहादुर देउवा निकट बसेर आफू पक्षीय नेताको व्यवस्थापनमा जुटेका छन् । आफु पक्षीय ३० जना नेतालाई देउवाको प्यानलवाट प्रतिस्पर्धा गराउनु पर्ने अडानमा रहेका सिटौलाले माग पुरा नभए महाधिवशेन उद्घाटनकै दिन सार्वजनिक रुपमा सभापतिमा दाबी गर्ने बताइरहेका छन् । तर देउवाले कम्तीमा २० जना सिटौला पक्षीय नेताको व्यवस्थापन गर्ने बचन दिइसकेको सिटौला निकट एकजना केन्द्रीय सदस्यको दाबी छ । सभापति नपाए सवैभन्दा वढी मतसहित उपसभापतिमै प्रतिस्पर्धा गर्ने चाहना सिटौलाको छ । तर देउवासमूह भित्रैबाट विजय गच्छदार, पूर्णबहादुर खड्काजस्ता नेतालाई देउवाले उपसभापतिको आश देखाएका कारण सिटौला सो पदमा आफू सुरक्षित नरहेको महसुस गरिरहेका छन् । ‘सभापति छाडेर उपसभापतिमा जाँदापनि देउवाले दुईजना नेतालाई उपसभापति बनाउने बचन दिइसक्नुभएको छ, त्यसकारण सिटौला आफु सभापति या पदाधिकारी बन्ने भन्दा आफु निकट नेताको व्यवस्थापनमै केन्द्रीत हुनुहुन्छ,’ सिटौला निकट ती केन्द्रीय सदस्यले न्युज कारखानासँग भने । देउवाको साथ छाडेर आफु निकट नेता जिताउन नसकिने र उपसभापतिमा दाबी गरेर कोइराला लिगेसीका नेतालाई चिड्याउन नचाहने सिटौलाको रणनीतिका कारण पनि उनी अहिलेसम्म खुलेर बोलेका छैनन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क