इन्फो नेपाल — सञ्चारको सञ्जाल

काङ्ग्रेसले विगतको गल्ती कमजोरी खोज्छ: महामन्त्री

सुनसरी / नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज सोमबार झापाको धुलाबारीमा पत्रकार सँग कुरा गर्दे भने हिजो पार्टी कहाँ चुक्यो र पार्टीले के कमजोरी गर्‍यो त्यसको मिहीन खोजी भइरहेको बताए । गृहनगर झापाको धुलाबारीमा सोमबार पत्रकारसँग कुरा गर्दै भने पार्टीभित्र त्यसको मूल्याङ्कन र समीक्षा भइरहेको उनले बताए । चुक्नु र कमजोरीको कारण खोजेर अघि बढ्ने बताए । उनले काङ्ग्रेसले सुशासन दिने विश्वास दिलाए । चार दिनअघि झापा आएका उनी पार्टीको बैठक, आन्तरिक छलफल र मतदाता भेटघाटमा व्यस्त शर्माले विगतदेखि वर्तमानसम्म आइपुग्दा कुनै पनि पार्टीले पूरै अवधि सरकार चलाउन नसक्नुको कारणको काङ्ग्रेसले अध्ययन गरिरहेको जनाए । गल्ती, कमजोरी नगर्ने काङ्ग्रेस बनाउनु आफूहरूको दायित्व भएको महामन्त्री शर्माको भनाइ छ । एउटा चुनाव जित्ने र अर्को चुनाव हार्ने काङ्ग्रेसको विगत रहेको उल्लेख गरेका उनले अब काङ्ग्रेसलाई लगातार तीनवटा चुनाव जित्ने बनाउने दाबी गरेका छन् । त्यस्तै, शुक्रबार झापा आएका उनले शनिबार झापा काङ्ग्रेसको बैठक, पवित्राभेषराज खतिवडा स्मृति प्रतिष्ठान शान्तिनगर झापाको पुरस्कार वितरण र आइतबार मोरङको बेलबारीमा स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसको भूमिका विषयका सभालाई सम्बोधन गरिसकेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क