इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौँको फोहोर राति मात्र लैजान पाउने

काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र स्थानीयबीच सहमति भएको छ । शुक्रबार राती भएको वार्ता काठमाडौं महानगर र सिसडोल- बन्चरेडाँडा बीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हाे। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वडाअध्यक्षहरूको उपस्थितिमा सहमति भएको हो । अबदेखि दुई पक्षबीच फोहोर ढुवानी रातिको समयमा गर्ने । रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने । सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने । फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने र दुई महिनाभित्रमा वैज्ञानिक व्यवस्थापन गर्ने । फोहोरबाट निस्कने लिच्चड बाटोमा ननिस्कने व्यवस्था गर्ने । सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका - १ का अध्यक्ष पदमबहादुर श्रेष्‍ठ बलामी, ककनी गाउँपालिका - २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका - १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका - ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क