इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौंमा हैजा फैलन सक्ने, सर्तक रहन आग्रह

काठमाडौं — शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आकस्मिक कक्षमा झाडापखालाका बिरामी बढ्दो छ । आइतबार मात्र झाडापखालाका १० जना बिरामी भर्ना भएका थिए भने सोमबार पनि ७–८ जना नयाँ बिरामी आएका छन् । बिहीबार एकै दिन २२ जना झाडापखालाका बिरामी अस्पताल पुगेका थिए । दैनिक ८–९ जना झाडापखालाका बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए । झाडापाखालाका बिरामीको बढ्दो संख्याले काठमाडौंमा संक्रमण फैलिएको त छैन भन्ने प्रश्न उब्जाएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन् । किनकी अस्पतालमा भर्ना भएका दुई दिदी बहिनीमा २ जेठमा हैजा रोगको पुष्टि भएको थियो । अहिले अस्पतालको आईसीयूमा उपचारत थप तीन जनामा पनि हैजाको आशंका गरिएको छ । उनीहरुमध्ये एक जना कालिमाटी फलफुल तथा तरकारी काम गर्ने महिला हुन् भने अरु दुई पुरुष सानेपा र सिन्धुपाल्चोककामा मजदुरी गर्नेहरु छन् । चिकित्सकका अनुसार अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्दा उनीहरुको रक्तचाप एकदमै न्युन थियो । उनीहरुको आरडीटी पोजेटिभ देखिएको छ, तर कल्चरको रिपोर्ट आइसकेको छैन । ‘कल्चर रिपोर्ट नहेरेसम्म यकिनका साथ भन्न सकिँदैन । तर उनीहरुको लक्षण हेर्दा संक्रमण हुनसक्ने देखिन्छ’, उपचारमा संलग्न एक चिकित्सक भन्छन्, ‘एकैदिनको झाडापखालाले आईसीयूमै भर्ना गर्नुपरेको छ । त्यसले पनि हामीले हैजाको आशंकामा राखेका छौं ।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क