इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौंमा ८ वटा वडाको गणना सकियो, यस्तो छ पछिल्लो मत परीणाम

काठमाडौं - काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये ८ वटा वडाको मतगणना सकिएको छ। वडा नम्बर १, २, ३, ४, ५, २८, ३०, र ३२ वडाको मतगणना सकिदाँ मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता फराकिलो पारेका छन्। सुरूदेखिनै अग्रता लिएका शाहले मतगणनाको पछिल्लो विवरण अनुसार २८,८८२ मत पाएर अग्रता कायमै राखेका हुन्। उनलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले हालसम्म १५ हजार ३ सय १३ मत पाएका छन्। उनी शाहभन्दा १३ हजार ५७० मतले पछि छन्। तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १४७९८ मत पाएकी छन्। उनी दोस्रो स्थानका स्थापित भन्दा ५१४ मतले पछि हुँदा शीर्ष स्थानमा रहेका शाहभन्दा १४ हजार ८४ मतले पछि छन्। काठमाडौं महानगरपालिकाको १,२, ३, ४, ५ वडामा नेकपा एमालेका वडाध्यक्षले जित हात पारेका छन्। यद्यपी यी वडामा मेयर पदमा एमालेका उम्मेदवार स्वतन्त्र उम्मेदवारभन्दा निकै छन्। यस्तै २८ र ३० वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जित्दा पनि यी वडाबाट मेयरमा कांग्रेस उम्मेदवारले अन्य उम्मेदवारको तुलनामा थोरै मात्र मत पाए। यस्तै वडानम्बर ३२ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित हुँदा मेयर पदमा एमालेका उम्मेदवारले दोस्रो बढी मत पाए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क