इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौं महानगर : बालेनको अग्रता, यस्तो छ मत परीणाम

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायम रहेको छ । पछिल्लो मत परिणामअनुसार बालेनले ७७७१ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ४११३ मत पाएका छन् । यस्तै, गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले ३५७३ मत ल्याएकी छन् । उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनले ६३४६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १६९०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की बिनिता मगैया १३४५ मत ल्याएकी छन् । विजय सुवेदीले ४९५३ र पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ४९३० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २२९० मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायम रहेको छ । उनले ५९१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले ३९६५ मत पाएकी छन् । महानगरको वडा अध्यक्षतर्फ एमालेका भानुभक्त सापकोटाले ९२७ र कांग्रेसका अर्पण पोखरेलले १४३४ मत पाएका छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता