इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठमाडौं मेयरमा बालेन शाह र उपमेयरमा सुनिता डंगोल विजयी

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको जीत पक्का भएको छ । पाँचवटा वडाको १९ हजार ३२३ मत गन्न बाँकी नै रहँदा बालेनले गणितीय रूपमा जीत पक्का गरेका हुन् । अन्तिम परिणाम घोषणा हुन भने समय लाग्नेछ । गन्न बाँकी मतभन्दा बालेनको अग्रता बढी छ । ५५ हजार ७४७ मत ल्याएका बालेन निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहभन्दा २० हजार ३७६ र तेस्रो स्थानका केशव स्थापितभन्दा २१ हजार १२१ मतले अगाडि छन् । कांग्रेसकी सिर्जनाले ३५ हजार ३७१ मत ल्याउँदा एमाले उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत ल्याएका छन् । उपमेयरमा एमालेकी सुनिता डंगोलको जीत यसअघि नै पक्का भइसकेको उनले पनि गन्न बाँकीभन्दा बढी मतको अग्रता कायम गरेकी छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता