इन्फो नेपाल — सञ्चारको सञ्जाल

काठेखोला–२ भीमापोखराको वडा अध्यक्ष पूर्ण एमालेको उम्मेदवार !

बागलुङ, २४ चैत । नेकपा एमालेले काठेखोला गाउँपालिका–२ भीमापोखराका वाड अध्यक्ष विद्यापति शर्मालाई पूर्ण दोर्सो कार्याकालको लागि  वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार आयोजित नेकपा एमाले काठेखोला–२ भीमापोखरा वडा कमिटीको बैठकले वडा अध्यक्ष समेत रहनुभएका शर्मालाई पुनः सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गरेको हो । नेकपा एमाले काठेखोला गाउँ कमिटीका सचिव समेत रहनुभएका शर्मा २०७४ सालको स्थानीय तहको निर्वाचनबाट भीमापोखरामा वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्षको लागि धेरै जनाले आकांक्षा व्यक्त गरेपनि शर्मालाई सर्वसम्मत चयन गरिएको हो । भेलामा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य हरिनारायण गौतम, अनेम संघका केन्द्रिय सदस्य गंगा कुमारी शर्मा, जिल्ला कमिटी सचिवावलय सदस्य एवं काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, काठेखोला गाउँकमिटीका सचिव एवं वडाअध्यक्ष विद्यापति शर्मा, जिल्ला कमिटी सदस्य प्रेम बहादुर केसी, खिम बहादुर कार्की, नेपाल राष्ट्रिय शिक्षक संगठन काठेखोला गाउँ कमिटीका सचिव विक्रम शर्मा लगायतले बोल्नुभएको थियो । वडा कमिटीका अध्यक्ष नारायणदत्त रेग्मीको अध्यक्षतामा सम्पन्न भएको भेलाको स्वागत उपसचिव भिम किसान र संचालन सचिव ऋषिराम शर्माले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

गोरखाको धार्चेमा सुक्खा पहिरो

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो। ​पहिरो…

इन्फो डेस्क

बाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बाढीपहिरोले तहसनहस बेनी–दरवाङ–मुना सडक, पुनर्निर्माणमा सात करोड

बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्‍याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने,…

इन्फो नेपाल संवाददाता