इन्फो नेपाल — सञ्चारको सञ्जाल

काभ्रेको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेलाको तयारी हुँदै

सुनसरी : काभ्रे जिल्लाको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला सुरु हुने समय नजिकिएँसँगै व्यवस्थापनको काममा तिव्रता देखिएको छ । अब सो क्षेत्र भएर चल्ने टिपर एक महिनाको लागि बन्द गरिने भएको छ । पनौती नगरपालिका-७ ले सूचना जारी गर्दै माघ महिनाभर लाग्ने बाह्र वर्षे मकर मेलाका लागि स्नानकुण्ड सरसफाइ तथा व्यवस्थापन गर्न यही २६ गतेदेखि नै सो क्षेत्रमा चल्ने टिपर बन्द गर्ने निर्णय गरेको हो । ‘पुर्खाको पौरख पनौतीको गौरव, १२ वर्षे मकर मेला हामी सबैको वैभव’ भन्ने नाराका साथ आउँदो माघ १ गतेदेखि एक महिनासम्म मेला लाग्नेछ । आवश्यक पर्ने व्यवस्थापकीय कामका लागि अहिले भौतिक संरचना निर्माणको कामलाई तीव्रता दिइरहेको मकर मेला मूल व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका पनौती नगरपालिका प्रमुख भीम न्यौपानेले बताए । मेलामा आउने दर्शनार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै समितिले पाँच वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने र सुरक्षा व्यवस्थापन गर्न सिसीटिभी जडान गर्ने कामलाई प्राथमिकतामा राखिएको छ । मेला लक्षित गरी नगरभित्रका सबै मठमन्दिर, गुम्बा, देवल, सडकखण्ड, पर्यटकीयस्थल, सार्वजनिकस्थल मर्मतसम्भार र सरसफाइको कामलाई प्राथमिकतामा दिइएको छ । दर्शनार्थीको सजिलोका लागि विन्धवासिनी बचत तथा ऋण सहकारीसँगको समन्वयमा बनेपादेखि पनौतीसम्मको सडकखण्डमा १५ विश्रामस्थल निर्माण गरिने छ । आवश्यक भौतिक पूर्वाधारसहित अन्य विषयगत क्षेत्र तोक्ने गरी पूजाआजा, प्रदर्शनी, यातायात, सरसफाइ, सांस्कृतिक, प्रचारप्रसार, सजावट, सूचना तथा खोज उद्धार, स्वास्थ्य, स्वयंसेवक परिचालन, अतिथि सत्कार, आवास, सुरक्षा व्यवस्था, स्नान, सडकबत्ती र खानेपानी व्यवस्थालगायतका काम अगाडि बढिरहेको छ । यसअघि २०६६ सालमा भएको मेलामा उल्लेख्य जनसहभागिता भएकाले यस पटक पनि त्यही हाराहारीमा सहभागिता हुने अनुमान समितिको रहेको छ । टिपरसँगै सो क्षेत्रमा खानी उत्खनन् नगर्न तथा वडा बासिन्दाले घरपालुवा हाँस एवं पशुपन्छी खोलामा नछाड्नसमेत आग्रह गरिएको छ । नगरपालिकाले मकर स्नानका लागि लिलावती र पुण्यमाता खोलामा बग्ने पानी कुलोमार्फत बाहिर फालेर पिउन योग्य पानी (काभ्रे एकीकृत खानेपानीबाट आएको पानी) जमाएर स्नान गर्ने व्यवस्था मिलाएको मकर मेला मूल व्यवस्थापन समितिले जनाएको छ । यो समाचार बेथानचोक खबरमा रहेको छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क