काभ्रे — काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनतर्फ कांग्रेसका शिव प्रसाद हुमागाईंले अग्रता कायम राखेका छन् ।
क्षेत्र नम्बर २ अन्तर्गत बेथानचोक गाउापालिका वडा नम्बर १,२,३ र ४ को मत गणना सम्पन्न भएको छ । हालसम्म ६ हजार ४ सय १९ मत गनिसक्दा नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा ८ सय ७७ मतले पछि छन् ।
हालसम्मको मतपरिणाममा कांग्रेस उम्मेदवार हुमागाईंले ३ हजार २ सय ७१ मत ल्याएका छन् । त्यस्तै उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाँस्कोटाले २ हजार ३ सय ९६ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं ४ सय ९२ मत पाएका छन् । प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा प्रतिनिधिको प्रत्यक्षतर्फमा १६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जिल्लाका कुल मतदाता ३ लाख १० हजार ६३ मतदातामध्ये यस क्षेत्रमा एक लाख ५७ हजार ४ सय ४२ मतदाता रहेका छन् ।
काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…
काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…