इन्फो नेपाल — सञ्चारको सञ्जाल

कार्यान्वयन भयो ७० अङ्क ल्याए ट्रायल पास हुने व्यवस्था !

काठमाडौँ । बागमती प्रदेशले पनि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अङ्क ल्याए पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएको छ।  ट्रायलको ७० अङ्कको व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले गत बुधबार बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण यातायात कार्यालयलाई परिपत्र गरेको हो ।  योसँगै आगामी आइतबार (मंसिर १८ गते) संघीय राजधानी समेत रहेको काठमाडौँको चाबहिल स्थिति यातायात कार्यालयबाट ७० अङ्कको ट्रायल परीक्षा कार्यान्वयनको उद्घाटन गर्ने तयारी रहेको बागमती प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका सूचना अधिकारी राजु अर्यालले जानकारी दिए ।  १८ गतदेखि नै ट्रायल परीक्षामा ७० अङ्कको व्यवस्था कार्यान्वयनमा ल्याइने भएता पनि प्राविधिक तयारीका लागि अन्य यातायात कार्यालयहरू क्रमशः कार्यान्वयनमा जाने अधिकारीले बताए । यसअघि नै यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशका, २०७७ को व्यवस्था गर्दै सबै प्रदेशहरूलाई ७० अङ्कको व्यवस्था कार्यान्वयनमा ल्याउन भने पनि बागमती प्रदेशले भने कार्यान्वयनमा ढिला गरिरहेको थियो ।  तर, अन्य प्रदेशहरूले भने यसअघि नै ट्रायल परीक्षाको ७० अङ्कको व्यवस्था कार्यान्वयनमा ल्याइसकेका छन् । 

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क