इन्फो नेपाल — सञ्चारको सञ्जाल

काेशीमा सत्ताकाे किचलाे: नयाँ सरकार गठनको आह्वान गर्न एमाले–माओवादीको माग

विराटनगर | कोशी प्रदेशमा सत्ताको किचलो अझै बढ्ने देखिएको छ । बुधबार नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका छन् । तर प्रदेश सरकारका मन्त्रीहरूले भने बजेट अधिवेशन आह्वानका लागि सरकारले गरेको सिफारिसको स्मरण गराएका छन् । आज मन्त्रिपरिषद् बैठक बसेर अधिवेशन आह्वानकाे विषय प्रदेश प्रमुखलाई पुनः सम्झाउने निर्णय गरेको थियो । सरकारले यसअघि बजेट अधिवेशन आह्वानकाे सिफारिस गरेकोमा एमाले र माओवादीका ५२ जना सांसदले वैशाखमा विशेष अधिवेशन बोलाउन गरेको समावेदनअनुसार प्रदेश प्रमुखले वैशाख ६ गते विशेष अधिवेशन आह्वान गरे । अधिवेशनले सङ्कल्प प्रस्तावमार्फत मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन गए रातिसम्मको समय सीमा दिएको थियो । तर तोकिएको समयमा विश्वासको कार्कीले मत नलिएकाले अब नयाँ सरकार गठनका लागि आह्वान गर्न एमाले र माओवादीले प्रदेश प्रमुखसँग माग गरेका छन् । कोशी प्रदेशमा सरकारविहीनताको अवस्था सिर्जना भएको दाबी गर्दै उनीहरूले नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने जिकिर गरेका छन् । मुख्यमन्त्री कार्कीले भने संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू नियुक्त भएकाले दोस्रो पटक विश्वासको मत लिनुनपर्ने दाबी गर्दै आएका हुन् । दुवै पक्षको कुरा सुनेपछि प्रदेश प्रमुख खापुङले आफू संविधान, ऐन र कानुनअनुसार अघि बढ्ने बताए ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क