इन्फो नेपाल — सञ्चारको सञ्जाल

किन मनाइन्छ तिहार ? यस्ता छन् खास कारण

काठमाडौँ- नेपालीहरुको दोस्रो महान चाड तिहार जारी छ ।यस चाडले सुख, शान्ति र सकारात्मक ऊर्जा ल्याउने गर्दछ । तिहार चिरायू, झिलिमिली, ऐश्वर्य र श्रीवृद्धिसँग पनि सम्बन्धित छ । धार्मिक मान्यता अनुसार रावणको लंका दहन गरी १४ बर्ष वनवास काटेर भगवान् श्रीराम आफ्नो घर अयोध्या फर्केका थिए । भगवान् श्री रामको राज्य फिर्तीबाट खुशी भएका उनका प्रजाले पूरै नगरमा स्वागतको भव्य आयोजना गरेका थिए । राम घर फर्कदा राज्यभरी दियो बालेर भिलिमिली पारिएको थियो ।तिहार यही मात्र कारणले मनाइएको हैन । यस पर्वका पछाडि अनकौँ कारण छन् । १. देवी लक्ष्मी कार्तिक महिनामा औंसीका दिन समुन्द्र मन्थनमा अवतार लिइ प्रकट भएकी थिइन् । २. यही दिन भगवान् विष्णुले आफ्नो पाँचौ अवतार वामन अवतारमा देवी लक्ष्मीलाई राजा बालिबाट मुक्त गराएका थिए । ३. यसै दिन भगवान् श्रीकृष्णले राक्षसका राजा नरकासुरको वध गरी उनको चंगुलबाट १६ हजार महिलालाई मुक्त गरेका थिए । ४. महाभारत अनुसार कार्तिक औंसीका दिन पाण्डवले १२ बर्षको वनवास काटेर राज्य फर्कदा उल्लासमा दीपावली गरिएको थियो । ५. यसै दिन राजा विक्रमदित्यको राज्याभिषेक भएकाले दीपावली मनाउन थालिएको थियो । ६. कार्तिके औंसीका दिन स्वामी दयानन्द सरस्वतीले हिन्दु अस्तित्व बनाउन आर्य समाजको स्थापना गरेका थिए । तिहारमा भगवान गणेशसहित सबै देवताको पूजा गरिन्छ । अझ विशेषतः गणेश र लक्ष्मीको आराधना गर्ने गरिन्छ । लक्ष्मी धनकी देवी र गणेश प्रथम पुजनीय देवता भएकाले एकसाथ पूजा गर्ने परम्परा बसेको हो ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क