इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘कुमार पन्तजीले मेरो घरमै गएर अबको अध्यक्ष म कुल दाईलाई देख्न चाहन्छु भनिसक्नुभएको छ’ (भिडिओसहित)

काठमाडौं, ११ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेका कुल आचार्यले आफूलाई वर्तमान अध्यक्ष कुमार पन्तले सहयोग गर्ने विश्वास दिलाएका छन् । उनले भने,‘उहाँले त मेरै गाउँमा गएर कुल दाई, तपाईँ अगाडि बढ्नुहोस भन्नुभएको छ। उहाँले यसपछिको अध्यक्ष अब म कुल दाईलाई देख्न चाहन्छु भनेर भनिसक्नुभएको छ । उहाँले फेरि नेतृत्वमा दोहोर्याउनुहुन्छ भन्ने मलाई लाग्दैन् ।’ हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले यसअघि संस्थापक अध्यक्ष उपेन्द्र महतो र संरक्षक शेष घलेले मात्रै नेतृत्वमा दोहोर्याएको भन्दै यसपटक पन्तले नदोहोर्याउने स्पष्ट पारे । उनले एनआरएनएको महाधिवेशनमा पार्टीका हस्तक्षेप नहुने पनि जिकिर गरे । उनले आफू यसअघि पराजित भएपनि अहिले नेतृत्वमा आउन खोज्नु स्वभाविक भएको र चुनाव लड्न पाउनु अधिकरा भएको सुनाए । उनले अध्यक्षका अर्का प्रतिष्पर्धी डा. बद्री केसीलाई पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जीवा लामिछानेको सहयोग रहेको छ भन्नु गलत भएको सुनाए । उनले पूर्व अध्यक्षहरुलाई कसैको पक्षमा नलागि बस्नसमेत आग्रह गरे । बरु, नेतृत्वमा सर्वसम्मती बनाउन पूर्व अध्यक्षहरुले पहल गर्नुपर्नेमा उनको जोड थियो । https://youtu.be/qXpcRLDq5Oo

सम्बन्धित समाचार

‘रास्वपा पनि पुरानै शैलीमै गयो, पुरानै शैलीले देश बदलिँदैन’

हेटौँडा | निर्वाचनको मौन अवधि सुरु हुनुअघि मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार रमेश उप्रेतीले मतदातालाई “विवेकको मत प्रयोग गर्न” आग्रह गरेका छन्। प्रगतिशील लोकतान्त्रिक पार्टी (प…

इन्फो नेपाल संवाददाता

युवालाई रोजगारीमा जोड्ने पहलमा पीसीटीभीईटी (अन्तर्वार्ता)

हेटौँडा | नेपालको भविष्य युवाहरूमा निर्भर छ। तर प्रतिवर्ष, हजारौं शिक्षित युवा रोजगारीको खोजीमा विदेशिन्छन् वा देशभित्रै बेरोजगारीको चुनौती बेहोर्छन्। यो केवल व्यक्तिगत समस्या होइन…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एसी प्रकरणमा मेयर लामा भन्छिन् – ‘सहयोग नातावाद होइन, उद्यमशीलताको सम्मान हो’ (अन्तर्वार्ता)

हेटौँडा | हेटौँडाको सितलमहल चोकमा स्थापना भएको ‘द नाइन्टीन सैलुन’ पछिल्लो केही दिनयता बहसको केन्द्र बनेको छ। १९ वर्षीय युवा उद्यमी सुसन घलानसहित टिमले सैलुन सञ्चालनमा ल्याएका हुन्।…

इन्फो नेपाल संवाददाता