इन्फो नेपाल — सञ्चारको सञ्जाल

खेलकुद बोर्डका सदस्य सचिव बर्खास्त, योजना आयोगको उपाध्यक्षमा लक्सम

सुनसरी / प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पूर्ण लक्समलाई नियुक्त गरेको छ । लक्सम शेरधन राई नेतृत्वको सरकारमा आयोगको सदस्य थिए । सरकारले आयोगको सदस्यमा डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्कालाई नियुक्त गरेको छ । बैठकले प्रदेश १ खेलकुद बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण)लाई पदमुक्त गरेको छ । सरकारले स्पष्टीकरण सोधेको दुई महिनापछि उनलाई पदमुक्त गरेको हो । मन्त्री घिमिरेले सदस्य सचिव बस्नेत र उपाध्यक्ष बाबा मेन्याङ्बोलाई पनि जिम्मेबारीबाट हटाएको जानकारी दिए । बस्नेत असोज २४ गते सदस्य सचिवमा नियुक्त भएका थिए । बैठकले प्रदेश १ प्रशिक्षण केन्द्रको कार्यकारी निर्देशकमा विष्णुकुमार कार्कीलाई नियुक्त गरेको मन्त्री घिमिरेले जानकारी दिए । हिजो सोमबार बसेको बैठकले उपाध्यक्षमा नियुक्त गरेको प्रदेश १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क