इन्फो नेपाल — सञ्चारको सञ्जाल

खोटाङको पर्यटकीय स्थल तावाभञ्ज्याङ्गलाई संरक्षण गरिदै

भोजपुर | भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र तावाभञ्ज्याङ्गलाई संरक्षण गरिदै लैजाने भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिका वडा नम्बर -३ मा रहेको तावाभञ्ज्याङ्ग किराती सभ्यता सँग जोडिएको मान्यता रहेको छ । यहीँ सहिद स्तम्भ पार्क र चिन्डो पोखरी समेत निर्माण गरिएको छ । चिन्डो पार्कको निर्माण २०७३ सालमा निर्माण गरिएको हो । मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो । यहाँ साकेला सिलि नाच समेत नाचिन्छ । नजिकैको सेल्मे डाँडामा बसन्त ऋतुमा गुराँस फुलेर डकमक्क हुने गर्दछ । तावाभञ्ज्याङमा निर्माण गरेको सहित पार्क र चिन्डो पोखरीले पर्यटककलाई आकर्षक थपेको छ । तावाभञ्ज्याङ्ग रमणीय र पर्यटकको मनै लोब्याउने क्षेत्र रहेकाले स्थानीय सरकार ,प्रदेश सरकार र संघिय सरकारले तावाभञ्ज्याङ्ग पर्यटन प्रवद्वन गर्न तावा ताललाई संरक्षण गर्ने भएको पर्यटक सुबास राईले बताए । यो ठाउँ मनोरम रहेकाले पर्यटक आउनु पर्ने उनको भनाइ छ । तावा भनेको मयुर हो जुन सेल्मेको भञ्ज्याङ मिलेर तावाभञ्ज्याङ भनिएको टेम्केमैयुङ गाउँपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष नवराज माङ्गपाहाङ्गले बताए । तावाभञ्ज्याङ्गलाई राई भाषामा मयुर हो । यहीँ बाट बग्ने पानी मयुर आकारको रहेको उहाको भनाइ छ । जुन नागदेवि आकारमा रहेको छ । तालको माथिल्लो भागमा माछा हुने भएकाले आय आर्जन गर्न सकिने उनको भनाइ छ । तावाभञ्ज्याङ्गमा तावा ताल निर्माण गर्ने साकेला गाउँपालिका अध्यक्ष रबि प्रकाश राईले जानकारी दिए । तावाभञ्ज्याङ्गमा धार्मिक गार्डेन सहित साकेला गाउँपालिकाका १३ वटा जातिलाई संरक्षण गर्न तावाभञ्ज्याङ्गमा सांस्कृतिक घर बनाउने डिपिआर तयार पारिएको उनको भनाइ छ । तावाभञ्ज्याङ्गलाई पर्यटकको हब बनाउन गाउँपालिका अग्रसर भएर अघि बढेको उनको भनाइ छ । यहाँको अर्को मनोरम दृश्य चिया बगान हो । तावाभञ्ज्याङ्ग भएर पानधारे बजार जान सकिन्छ । ठाउँ असार साउनको सममयमा डाँडा हरियाली भएर पर्यटको मन जित्ने गर्दछ । तापाभञ्ज्यालाई टेम्कैमैयुङ गाउँपालिका र साकेला गाउँमरपालिका र केन्द्रीय सरकारले विकास काममा अगाडि बढाइरहेको छ ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते