इन्फो नेपाल — सञ्चारको सञ्जाल

गठबन्धनको बैठक : इटहरीको मेयर काङ्ग्रेसले लाई , उपमेयर एकीकृत समाजवादी

सुनसरी / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेरै जाने भएपछि सत्तारुढ दलहरूको आज इटहरीको मेयर र उपमेयरको बाडफाड गरेको हो । आज बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले इटहरीको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीलाई अगाडि सार्ने निर्णय गरेको थियो । यसैबिच गठबन्धनको बैठकले विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा जसपालाई अगाडि सार्ने निर्णय गरेको छ । यसअघि इटहरीमा समाजवादीलाई मेयर दिने हल्लाले कांग्रेसमा असन्तुष्टि बढेको थियो भने जसले गर्दा काङ्ग्रेसमा हल्लाका कारण नगरसभापति हेमकर्ण पौडेल, इटहरी मेयरका आकांक्षीद्वय रोहित प्रसाई, भीम पौडेल लगायतका नेताहरू काठमाडौँ गएर शीर्ष नेताहरूसँग भेटघाट गरी इटहरीको मेयर कांग्रेसले पाउनुपर्ने दाबी गरेका थिए । २०७४ सालको निर्वाचनमा पराजित कांग्रेसले यसपटक इटहरीको नेतृत्व गर्ने नेताहरूको दाबी छ । यस्तै, धरानमा भने कांग्रेसले मेयर पाउँदा माओबादी केन्द्रलाई उपमेयर दिने निर्णय भएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क