इन्फो नेपाल — सञ्चारको सञ्जाल

गठबन्धन टुटाउन षड्यन्त्र भइरहेको छः प्रधानमन्त्री

काठमाडौं४ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन ठिक छैन भनेर टुटाउनका लागि षड्यन्त्र भइरहेको बताएका छन् । शुक्रवार जनताको साथमा काँग्रेस अभियान प्रथम चरणको समापन कार्यक्रम एवं बिपी कोईरालाको १०९ औँ जन्मजयन्तीको अवसरमा विशेष सम्मान कार्यक्रमलाई चितवनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन । उनले गठबन्धन अहिलेको आवश्यक्ता भएकोले गठबन्धन ठिक छैन भन्नु षड्यन्त्रकारी कुरा भएको उल्लेख गरे । उनले गठबन्धन कुनैपनि हालतमा टुट्न नदिने प्रतिवद्धता जनाए । प्रधानमन्त्री देउवाले गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र भएको पनि उल्लेख गरेका हुन् । उनले गठबन्धन बलियो भए मात्रै पार्टीहरु बलियो बन्ने बताए र गठबन्धनबाट जतिसक्दो धेरै फाइदा लिनुपर्ने बताएका हुन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क