इन्फो नेपाल — सञ्चारको सञ्जाल

गर्मी बढेसँगै धनकुटाको भेडेटारमा पर्यटकको चहलपहल बढ्यो

सुनसरी : गर्मी बढेसँगै धनकुटाको पर्यटकीय स्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटक चहलपहल बढेको छ । तराईमा दिनहुँ ३८ देखि ४० डिग्री तापक्रम बढेकाले गर्मी भएसँगै भेडेटारमा पर्यटक चहलपहल बढेको छ । २ वर्ष जति कोभिड-१९ महामारीले थलिएको पर्यटन क्षेत्रमा यस वर्ष भने पर्यटक चहलपहल बढ्दै गएको छ । भेडेटारमा गर्मी छल्न भनि प्रदेश न. १ का सुनसरी ,मोरङ, झापा , भारत लगाएका विभिन्न जिल्लाबाट पर्यटक आएका आउने गरेका छन् । विभिन्न पर्यटकीय गतिविधि गर्न रुचाउने, नयाँ वर्षमा घुम्न चाहने र पारिवारसहित रमाउनेको संख्या बढेकै कारण पर्यटकीय क्षेत्र आन्तरिक पर्यटकले शनिबार र सार्वजनिक विदाको दिन भिड हुने स्थानीय व्यापारी बताउछन् । यहाँ रहेका पर्यटकीय स्थल नमस्ते झरना , भेडेटार बजार , शंख पार्क , पाथीभरा मन्दिर , नाम्जे लगाएत पर्यटकीय क्षेत्रमा पर्यटक आउने गरेका छन् । भेडेटारको पाथीभरा मन्दिर दर्शन गर्न आउने भेडेटार बजार घुमेर जाने गरेका छन् । तराईमा अत्यधिक बढेकाले चिसो खान भनी भेडेटार घुम्न आएको एक पर्यटकले बताउछन् । भेडेटार बजारदेखि आधा घण्टाको दूरीमा अवस्थित नमस्ते (सिम्सुवा) झरना, नाम्जेमा पनि उत्तिकै पर्यटक आउने जाने गरेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका- ६ मा रहेको नमस्ते झरनामा यति बेला एक हजार बढी आगन्तुक पर्यटक आउन थालेका छन् । केही समयदेखि तराईमा बढेको गर्मीका कारण पुर्वी तराईका मात्र हैन नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भेडेटारको चिसो हावापानीमा दृश्यलोकन सँग नजिकै रहेको नमस्ते झर्नामा पौडी खेल्ने र डुबुल्की मार्नेहरूको संख्यामा अत्यधिक बढेको छ । भारतका ८० प्रतिशत बाह्य पर्यटक आउने गरेका छन् ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

हेटौँडाबाट ६ किलोमिटरमै प्रकृतिको काखमा रमाउने गन्तव्य मनकामना

हेटौँडा । सहरको कोलाहल, सवारीसाधनको चाप र धुलोधुवाँबाट केही समय टाढा रहेर प्रकृतिसँग रमाउन चाहनेहरूका लागि मकवानपुरको मनकामना मन्दिर क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । हेटौँडा ब…

घुमन्ते