इन्फो नेपाल — सञ्चारको सञ्जाल

गाँजाको वैधानिकताका लागि युवाद्वारा अभियान सुरु, राज्यलाई दबाब दिन आन्दोलन गर्ने

हेटौंडा| हेटौंडा गाँजा खेतीको वैधानिकताका लागि मकवानपुरका युवाहरुले अभियान सुरु गरेका छन् ।

शनिबार मनहरी गाउँपालिका–८ स्थित पिस पार्कमा युवाहरुले जनप्रतिनिधिसहितको भेला आयोजना गरी गाँजाखेतीको वैधानिकताका लागि स्थानीय तहबाटै राज्यस्तरमा पहल गर्न दबाब सिर्जना गरेका हुन् ।

लामो समयदेखि गाँजाको वैधानिक खेतीका लागि अभियान सञ्चालन गरिरहेका युवा व्यवसायी राजेश भेटवालको अगुवाइमा भएको भेलामा मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका प्रमुख, वडा अध्यक्ष एवम् गाँजा बोक्दा जेल जीवन विताइरहेका भरियाका परिवारको सहभागिता रहेको थियो ।

‘गाँजा खेतीको वैधानिकता, सम्भाव्यता अध्ययन तथा गाँजा ओसारपसारमा गर्दा राज्यबाट पक्राउ गरी जेलजीवन विताइरहेकाहरुको रिहाइको माग गर्दै हामीले भेला आयोजना गरेका हौं ।’, अभियान्ता भेटवालले स्थानीय तह, प्रदेश र संघीय सरकारले यस विषयमा अब निर्णय गर्न ढिलाई गर्न नहुने बताए ।
‘गाँजा बोक्ने भरियारहरु अनाहकमा जेल जीवन विताइरहेका छन् । राज्यले वैधानिकताको सवाल उठाउने अनि मौन बस्ने गर्दा सोझा जनताहरु समस्यामा परिरहेका छन् ।’, उनले यस विषयको सुनुवाइ छिट्टै नभएको खण्डमा चरणबद्ध आन्दोलनको तयारी समेत गरिरहेको बताए ।

मकवानपुर जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका गाँजा खेती हुने क्षेत्र हो । यस क्षेत्रबाट वर्षेनी सयौं युवाहरु गाँजा बोकेका कारण जेल जीवन विताउन बाध्य भइरहेका छन् ।

भेलामा मनहरी गाउँपालिकाका प्रमुख रञ्जन कालाखेती, राक्सिराङ गाउँपालिका प्रमुख राजकुमार मल्ल र कैलाश गाउँपालिका फ्रमुख लोक मोक्तानले स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यत्रम र बजेटमा यस विषयलाई समावेश गर्ने, आफ्नो स्थानीय तहबाट जेल जीवन विताइरहेकाहरु तथ्यांक राख्ने र गाँजाको वैधानिकताका लागि प्रदेश र संघीय सरकारलाई विभिन्न कार्यक्रम गरी दबाब सिर्जना गर्ने प्रतिबद्धता भेलामा जनाएका थिए ।

भेलामा वनविज्ञान विद्यार्थी साधना पौडेल र डा. भोला भट्टराईले गाँजा खेती र वैधानिकता विषयमा प्रष्ट्याइएका थिए । भेटवाल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको केन्द्रीय सदस्य समेत हुन् । उनले अघिल्लो महिना काठमाडौंमा सम्पन्न भएको पार्टीको महासमिति भेलामा समेत यस विषयको उठान गरी सवैको ध्यान आफूतिर तानेका थिए ।

भेलामा मनहरी–७ का वडा अध्यक्ष ठाकुराम तितुङले राज्यले छिट्टोभन्दा छिट्टो यो विषय टुंगोमा पुर्‍याउन जरुरी रहेको बताए । ‘यस क्षेत्रमा रोजगारीको अवसर छैन । राज्यको उपस्थिति शुन्य जस्तै छ । यस क्षेत्रका लागि गाँजा खेती बरदान जस्तै हो ।’, उनले भने ।कार्यक्रम सञ्चालन युवा अभियन्ता सन्तोष थापाले गरेका थिए ।

सम्बन्धित समाचार

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

मकवानपुरका सबै पालिकाबाट करदाता सेवा सुरु, हेटौँडा धाउनुपर्ने बाध्यता हट्दै

हेटौँडा । मकवानपुरका सबै स्थानीय तहबाट करदातासम्बन्धी सेवा सुरु भएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाले जिल्लाका सबै पालिकामा सेवा विस्तार गरेसँगै व्यक्तिगत तथा व्यावसायिक प्यान…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मनहरीका किसानले ११ महिनामा दूध बिक्रीबाट कमाए २८ करोड ९७ लाख

हेटौँडा । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाका किसानले चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा दूध बिक्रीबाट २८ करोड ९७ लाख एक हजार ९९७ रुपैयाँ आम्दानी गरेका छन् । गाउँपालिकाका अनुस…

इन्फो नेपाल संवाददाता