इन्फो नेपाल — सञ्चारको सञ्जाल

गोरु तस्करी प्रकरण : रातोमाटे प्रहरी चौकीमा सागर लुङ्वाको जिम्मेवारी

हेटौँडा । गोरु तस्करी प्रकरणपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले रातोमाटे प्रहरी चौकीको नेतृत्व परिवर्तन गर्दै सहायक प्रहरी निरीक्षक (असई) सागर लुङ्वालाई नयाँ इन्चार्ज तोकेको छ। गोरु तस्करीमा प्रहरी संलग्नताको आरोप लागेपछि पूर्व इन्चार्ज कुमार फुयाँलसहित तीन जनालाई हटाएर अनुसन्धान अघि बढाइएको थियो।

यस घटनामा संलग्न प्रहरीहरूलाई जिल्ला तानेर अनुसन्धान भइरहेको दाबी गरिए पनि अनुसन्धानको स्पष्ट दिशा अझै नखुलेको बताइन्छ। प्रहरीकै स्कर्टिङमा गोरु तस्करी भएको आरोप लागेपछि, संलग्न प्रहरी अधिकारीहरूलाई उन्मुक्ति दिन खोजिएको आशंका उब्जिएको छ।

यसअघि, पशु सेवा कार्यालय मकवानपुरले गोरु तस्कर भिष्म राईलाई ५ हजार रुपैयाँ जरिवाना मात्र तिराएर गोरुहरू फिर्ता गरिदिएको थियो, जसले थप विवाद निम्त्याएको छ। गोरु तस्करीको पछाडि ठूलो गिरोह रहेको र प्रहरी तथा प्रशासनकै मिलेमतो हुनसक्ने भन्दै विभिन्न क्षेत्रबाट चर्को आलोचना भइरहेको छ।

https://infonepalonline.com.np/feature/51032/  

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क