इन्फो नेपाल — सञ्चारको सञ्जाल

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु हुने

हेटौंडाः चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य तत्काल अघि बढ्ने भएको छ । मंगलबार बागमती प्रदेश सरकार र चितवनको भरपुर महानगरपालिकाले मिलेर रंगशाला निर्माण गर्ने सम्झौता गरेसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेल र भरतपुर महानगरकी मेयर रेणु दाहालले रंगशाला निर्माणका समझदारी गर्नुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार अहिले पहिलो चरणमा १० हजार दर्शक क्षमताको रंगशाला निर्माणको कामलाई अघि बढाउने सहमती भएको छ । यसका लागि ७५ करोड रुपैयाँ खर्च लाग्ने प्राविधिक मुल्याङ्कन भएको उहाँले बताउनुभयो । जसमा बागमती प्रदेशले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत रकम उलब्ध गराउने भएको छ । रंगशालाको पुरा डीपीआर ३० हजार दर्शक क्षमताको भएपनि अहिले तत्काल पहिलो चरणमा १० हजार दर्शक क्षमता बनाउन सुरु गरिएको बाँकी पछिल्लो चरणमा निर्माण गर्ने सदस्य सचिव भण्डारीले बताउनुभयो । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको रंगशाला ऋण भएको भन्दै निर्माण कार्य रोकिएको थियो । सदस्य सचिव भण्डारीका अनुसार ३ अर्ब रुपैयाँमा बन्ने रंगशालामा अहिलेसम्म ५७ करोड रुपैयाँ काम सम्पन्न भएको छ । रंगशाला निर्माण गर्दाको ऋणको जिम्मा भने संघीय सरकारलाई नै छोड्ने गरी प्रदेश सरकार र भरतपुर महानगरपालिकाले तत्काल निर्माणका लागि लगानी गर्ने भएको हो । धुर्मुस सुन्तली फाउन्डेसनले हालसम्म रंगशाला निर्माण गर्दा करिब १२ करोड जति ऋण भएको प्राविधिक मुल्याङ्कन रहेकोे भण्डारीले बताउनुभयो । मंगलबार प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रदेश सरकार र भरतपुर महानगरपालिकाको निणर्य प्रक्रियामा सहभागिता कर्मचारी र प्राविधिकहरुको उपस्थिति रहेको थियो । सूचना

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क