इन्फो नेपाल — सञ्चारको सञ्जाल

गौतम बुद्धका ५ अनमोल वचन, तपाईँलाई कति उपयोगी ?

भगवान गौतम बुद्धले बौद्ध धर्मको प्रवर्तन गरेका थिए । बुद्धको अहिंसा र करुणाको सिद्धान्तले सम्राट अशोकलाई यतिधेरै आर्कषित गरेको थियो कि उनले यसबाट प्रभावित भई बौद्ध मतलाई स्वीकार गरे युद्धमा रोक लगाएका थिए । बुद्धका अधिकतर उपदेश सामाजिक र सांसारिक समस्यामा केन्द्रित रहेको छ । उनले सैयौं बर्ष पहिले भनेका कुरा वा विचार आज पनि प्रासँगिक रहदै आएको छ । उनका वाणीहरुले व्यक्तिको जीवन सफल र सुखीमय बनाउन मद्दत गर्दछ । बुद्धका अनमोल वचनमार्फत व्यक्तिलाई जागरुक गराउनुका साथै ज्ञानको प्रकाश फैलाउन मद्दत गर्दै आएको छ । गौतम बुद्धका केही अनमोल वचनका साथ दिनको शुरुवात गरे सकारात्मक सोच बढ्दछ । १. जो मानिस जस्तो सोच्दछ, उसको सोच अनुसार उ त्यस्तै बन्दछ । यस्तोमा कोही व्यक्ति खराब सोचका साथ बोल्छ वा काम गर्दछ भने उसले कष्ट नै भोग्नु पर्दछ । तर यदि कोही व्यक्ति शुद्ध विचारका साथ बोल्दछ वा काम गर्दछ भने उसले केवल खुसि पाउँदछ । २. गौतम बुद्धले भनेका छन्, अतीतमा ध्यान नदेउ, भविष्यका बारेमा नसोच, आफ्नो मनलाई वर्तमान क्षणमा केन्द्रित गर । अर्थात हामीले आज मात्र आफ्नो जीवन जीउन पर्दछ । बरु आजलाई राम्रो बनाउने प्रयाश गर्नु पर्दछ । भूत र भविष्यको चिन्ता गर्नु हुदैन । ३. अरुसँग लडाई गर्नुभन्दा तिमी आफैमा जित हासिल गर । यसो गर्दा तिमीले कुनै समस्या भोग्नु पर्दैन बरु उल्टै जित तिम्रो हुनेछ । यदि तिमीले आफूमाथि जित हासिल गर्याै भने तिमीलाई कसैले पराजित गर्न सक्दैन । ४. बुद्ध भन्छन्, ३ चीज लामो समयसम्म लुक्न सक्दैन- सुर्य, चन्द्रमा र सत्य । तसर्थ यदि तिमीबाट कुनै गल्ती भयो भने यसलाई नलुकाउ किनभने यो लामो समयसम्म टिक्दैन । ५. तपाईंसँग जे जति छ, त्यसैमा खुसी हुनुहोस् । आफुसँग भएभन्दा बढि अरुको सामु बढाई चढाई गरी नभन्नुहोस् । साथै अरुको कुनै पनि चीजमा ईर्ष्या नगर्नुहोस् । जो अरुको ईर्ष्या गर्दछ उसको मनमा कहिल्यै शान्तिको वास हुदैन ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क