इन्फो नेपाल — सञ्चारको सञ्जाल

घट्यो कच्चा तेलको मूल्य

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। नेपालले प्रशोधित रुपमा खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य शुक्रबार प्रतिब्यारेल ९४ डलर ६३ सेन्ट कायम भएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य गत २४ फागुनमा हालसम्मकै उच्च बिन्दु १२४ डलर थियो । कच्चा तेलको मूल्य पाँच महिनायता ३० डलर प्रतिब्यारेलमा घटेपछि यसले नेपाल जस्तो तेलको मूल्यका कारण संकट उन्मुख रहेको अर्थतन्त्रलाई राहत पुग्ने अनुमान गरिएको छ । कच्चा तेलको मूल्य घट्नुलाई तेल उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरुको संगठन (ओपेक प्लस) को निर्णय प्रमुख मानिएको छ । संगठनले सेप्टेम्बर महिनाका लागि कच्चा तेलको उत्पादन बढाउने दैनिक एक लाख ब्यारेलले बढाउने निर्णय गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दाको फाइदा नेपालमा सुरु भइसकेको नेपाल आयल निगमले जनाएको छ । अंग्रेजी महिना जुलाईमा मात्रै अन्तर्राष्ट्रिय मूल्य र स्वदेशी खपत दुवैमा भएको कमीले समग्र भुक्तानी मूल्यमै बचत भएको निगमका नायवकार्यकारी निर्देशक एवं लेखा प्रमुख नागेन्द्र साहले बताए । पेट्रोलियम पदार्थको खपत यस अघि दैनिक एक अर्बको रहेकामा उक्त महिना ७० करोडमा झरेको निगमले जनाएको छ । बर्खाका कारण विकास निर्माणको काम नहुने र मानवीय गतिविधि पनि कम हुने भएकाले मासिक खपत नै २४/२५ अर्ब हाराहारी हुने निगमको अनुमान छ । यस अघि यस्तो बिक्री मासिक ३० अर्ब हाराहारी थियो । इन्धनको मूल्य घट्दा निगमको घाटामा पनि उल्लेख्य सुधार भएको छ । अघिल्लो महिना मासिक ४ अर्ब बढी रहेकामा यो महिना एक अर्ब ३० करोड हारहारी मात्रै घाटा रहने निगमको प्रक्षेपण छ । पुस २०७७ बाट बढ्न थालेको इन्धनको मूल्यका कारण पेट्रोलियम पदार्थमो हालसम्मकै उच्च रकम मुलुकबाट बाहिरिएको थियो । आव २०७७/७८ मा २ खर्ब १४ अर्बको पेट्रोलियम पदार्थ आयात भएकोमा आव २०७८/८९ मा ३ खर्ब ८३ अर्ब रुपैयाँ पेट्रोलियम पदार्थ खरिदका लागि मुलुकबाट बाहिरिएको थियो ।

सम्बन्धित समाचार

नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीक…

इन्फो नेपाल संवाददाता

साउन २२ गते मङ्गलवारको भाग्यफल

मेष, मिथुन, कर्कट र वृश्चिक राशिका लागि सकारात्मक दिन। मेषलाई हैसियत बृद्धि, मिथुनलाई आम्दानी वृद्धि, कर्कटलाई प्रसिद्धि र सम्मान, वृश्चिकलाई कारोबारमा फाइदा हुनेछ। सिंह, तुला, धनु…

ज्यो. प. धुर्वराज सुबेदी

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

त्रिशूली दुर्घटनामा बेपत्ता युवतीको कुशको शव बनाइ अन्त्येष्टि

बारा | गत शुक्रबार चितवनको सिमलतालमा भएको बस दुर्घटनामा बेपत्ता भएकी एक युवतीको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ। त्रिशूली नदीमा बससँगै खसेको आठ दिनपछि पनि फेला नपरेपछि बाराक…

इन्फो नेपाल संवाददाता