इन्फो नेपाल — सञ्चारको सञ्जाल

घरमा पूजा कोठा राख्दा यस्ता गल्ती गर्नुहुँदैन अन्यथा अशुभ हुन्छ

नेपाली समाज भाग्यमा विश्वास गर्छ । शुभ-अशुभको निकै ख्याल गर्छ । त्यसैले घरमा पनि शुभ लक्षणको मेल गराउन सकियो भने मन शान्त रहन्छ, परिवारमा मिलाप रहन्छ । घरमा शुभ लक्षणको मेल कसरी गराउने र यसका लागि वास्तु शास्त्रले हामीलाई सहयोग गर्छ । वास्तु शास्त्र प्राचीन विज्ञान हो । वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश । यसर्थ “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ ।पूजाकोठा बनाउँदा ध्यान दिनुपर्ने पक्ष यसप्रकार छन्ः- (१)पूजाघरको ढोका टिन वा फलामको हुनुहुँदैन । (२)पूजा कोठा शौचालयको ठीक माथि वा तल हुनुहुँदैन । (३)पूजा कोठा शौचालयसँग एकै पर्खालले जोडिएको हुनु हुँदैन । (४)पूजा कोठामा लगाइने रङ हलुका क्रिम अथवा सेतो हुनुपर्छ । (५)सुत्ने कोठामा पूजा स्थल बनाउनु हुँदैन । भगवानको तस्बिर वा मूर्ति नैऋत्य कोणमा राख्नु हुँदैन । (६)नैऋत्य भनेको दक्षिण र पश्चिम दिशाको मध्य हो । अादि जस्ता केही कुरा पर्दछन् ।

सम्बन्धित समाचार

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

काठमाडौं । खानालाई सन्तुलित राख्नको लागि प्रोटिन, भिटामिन र मिनरल्सले भरिपूर्ण खानेकुरा खानु पर्छ । यदि हामी भिटामिनको राम्रो स्रोतको बारेमा कुरा गर्छौं भने गाजर निश्चित रूपमा उल्ल…

इन्फो नेपाल संवाददाता

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

काठमाडाैं । आजकल रक्सी पिउनु जीवनशैलीको हिस्सा बनिसकेको छ । यस्तो अवस्थामा पार्टीको नाम आउनेबित्तिकै मानिसहरु रक्सी पिउने कुरा गर्न थाल्छन् तर स्वास्थ्यमा असर पुगेपछि मदिरा त्याग्न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ? जान्नुहोस दुबैको फाइदा

काठमाडौं । विभिन्न वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरिसकेका छन् कि हिँडाइ शरीरलाई स्वस्थ राख्ने सबैभन्दा सरल, प्रभावकारी र प्राकृतिक उपाय हो। नियमित हिँडाइले मेटाबोलिजम सुधार गर्ने…

इन्फो नेपाल संवाददाता