इन्फो नेपाल — सञ्चारको सञ्जाल

घरमा बत्ति गएर इन्टरनेट नचल्ने समस्या छ ? यसो गर्नुहोस्

काठमाडौं । यतिबेला नेपालमा फाइबर इन्टरनेटको विस्तार द्रुत रुपमा भइरहेको छ । यस्तोमा तपाईंले घरमा फाइबर इन्टरनेट जडान गर्नुभएको छ होला । फाइबर इन्टरनेट त कनेक्ट छ, तर जाडोयाम सुरु भएसँगै विद्युत खपत बढ्दा बत्ति आउने जाने गरिरहेको हुन्छ ।

यस्तोमा बत्ति जाने बित्तिकै इन्टरनेट पनि जाने हुँदा समस्या हुनसक्छ । हुन त कतिपय अवस्थामा राउटरमै पावर ब्याकअप पनि हुन्छ । त्यस्ता राउटरले एक घण्टाभन्दा बढिसम्म काम गर्नसक्छ । जुन नेपालको हकमा सेवाप्रदायकले प्रयोगमा ल्याएका छैनन् ।सेवाप्रदायकबाट उपलब्ध नहुँदा सेकेन्डरी राउटरको हकमा ब्याकअप राखेर पनि काम हुँदैन । किनभने प्राइमरी राउटरमा लाइन नआउँदासम्म सेकेन्डरी राउटरले काम गर्दैन ।त्यसैले यहाँ हामी तपाईंहरूलाई केही सहज विकल्पको विषयमा जानकारी दिँदै छौं । जसले तपाईंलाई इन्टरनेटसँग निरन्तर कनेक्ट राख्न मद्दत पुग्नेछ ।

पावर बैंक प्रयोग गर्नुहोस् सबैभन्दा सहज उपाय भनेको तपाईंसँग भएको पावर बैंक प्रयोग गर्नु नै हो । यदि तपाइसँगै एसी प्लग सकेट युक्त पावर बैंक छ भने यो सम्भव छ । किनभने राउटरका लागि धेरै पावर आवश्यक पर्दैन । त्यो हुँदा पावर बैंकले राउटरलाई धान्न सक्छ ।तर, त्यसका लागि राउटरमा जोडिन एसी प्लग युक्त यूएसबी केबल आवश्यक पर्छ । त्यो भएको खण्डमा पावर बैंकबाट राउटरको एसी प्लगमा कनेक्ट गराउन सकिन्छ । जुन तपाईंले बजारमा सहजै खरिद गर्न सक्नुहुनेछ । यसो गर्दा दुई तीन घण्टासम्मका लागि सहजै राउटर चल्न सक्छ ।

सानो यूपीएस खरिद गर्नुहोस् यदि तपाईंसँग पावर बैंक छैन र राउटर निरन्तर चलाउने विकल्प खोज्दै हुनुहुन्छ भने सानो क्षमताको यूपीएस त्यसको समाधान हुनसक्छ । यूपीएसलाई थोरै समयका लागि ब्याट्री ब्याकअप दिने हुँदा यसलाई राउटरमा ब्याट्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।कतिपय अवस्थामा यो पावर बैंकभन्दा पनि सस्तो पर्न जान्छ । सस्तो अनि धेरै एसी प्लग हुने हुँदा यसलाई राम्रो विकल्पको रुपमा लिइन्छ ।

त्यतिमात्रै नभएर यूपीएसले स्वतः पावरको काम गर्ने हुँदा राउटर अफ हुने, बत्ति गएपश्चात् राउटरलाई यूएसपीमा कनेक्ट गराउनुपर्ने जस्ता झन्झट रहँदैन । यसले एकदेखि दुई घण्टाभन्दा धान्न भने सक्दैन । साथै आवाज आउने लगायतका समस्या चैं आउनसक्छ ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता