इन्फो नेपाल — सञ्चारको सञ्जाल

घूस मागेको अडियो सांसद ढाकाकुमारकै भएको रास्वपाको निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठमाथि पार्टीको अनुशासन समितिले छानबिन सकेर केन्द्रीय समितिलाई प्रतिवेदन बुझाएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घूस मागेको अडियो संवादबारे पार्टी अनुशासन समितिले छानबिन सकेर तीन पानाको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको निष्कर्षमा सार्वजनिक भएको अडियो संवाद ढाकाकुमारकै भएको उल्लेख भएको स्रोतले जनाएको छ । तर आधिकारिक रुपमा प्रतिवेदनमा के छ भन्ने जानकारी दिन समितिले चाहेन । समितिका सदस्य यज्ञमणि न्यौपानेले पार्टीको भोलि बस्ने केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठमाथि आवश्यक निर्णय लिने जानकारी दिए । पार्टी सभापति रवि लामिछानेले अडियो प्रकरणमाथि छानबिन गरेर ७२ घण्टाभित्र प्रतिवेदन दिन समितिलाई भनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले पनि अडियो प्रकरणबारे चाँडो छानबिन गरी यथार्थ जानकारी दिनुपर्ने बताउँदै आएका थिए । यसअघि आजै सांसद श्रेष्ठले समितिमा पुगेर मौखिक स्पष्टीकरण पनि दिएका थिए । त्यस क्रममा उनले अडियो आफ्नो नभएको दाबी गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क