इन्फो नेपाल — सञ्चारको सञ्जाल

चतरा-झुम्का सडकमा बस दुर्घटना हुँदा मालिकको मृ´त्यु, १० जना घाइते

सुनसरी / सुनसरीको बराहक्षेत्र- ४ चतरा–झुम्का सडकमा बस दुर्घटना हुँदा एकजनाको मृ´त्यु भएको छ भने १० जना घाइते भएका छन् । चतराबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५०४ नम्बरको बस दुर्घटना हुँदा एकजनाको मृ´त्यु भएको हो । मृ´त्यु हुनेमा बसका मालिक बराहक्षेत्र–१ का ४० वर्षीय सरोज खड्काको मृ´त्यु भएको हो । बस आफै अनियन्त्रित भई चतरा–झुम्का नहरको पिडारी पुलमा ठक्कर भई दुर्घटना हुँदा गम्भीर घाइते भएका बसका मालिक खड्काको धरानस्थित बीपी प्रतिष्ठानमा उपचारको क्रममा हिजो शनिबार साँझ साढे ६ बजे मृ´त्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता नगेन्द्र कार्कीले बताए । प्रहरीले बसका चालक बराहक्षेत्र–१ चतराका २५ वर्षीय सनम श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । दुर्घटना शनिबार दिउँसो भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क