इन्फो नेपाल — सञ्चारको सञ्जाल

चाडपर्वसँगै अण्डा खपत बढ्दा मूल्य वृद्धि

चितवन । चाडपर्व सुरु भएसँगै अण्डाको खपत ह्वात्तै बढेको छ । उत्पादन घटेको र माग बढेकै कारण बजारमा अण्डाको मूल्य पनि बढेको हो । नेपाल अण्डा उत्पादक सङ्घले अण्डाको समर्थन मूल्य वृद्धि गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार विभिन्न फार्मको दररेटका आधारमा तय गरिएको नयाँ मूल्य बिहीबारदेखि लागू हुनेछ । नयाँ दरअनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५४५ र मझौला अण्डाको मूल्य रु ५३० कायम गरिएको छ । खुद्रा बजारमा भने प्रतिगोटा २३ रुपैयाँमा बिक्री हुने सङ्घले जनाएको छ । हाल नेपालमा अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छ । नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँसम्म पाउने भएकाले लामो समयदेखि लागतसमेत नपाएका किसानले केही राहत महसुस गरेका छन् । सङ्घका अध्यक्ष पोखरेलका अनुसार यस वर्ष साउन महिनासम्म पनि माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने संकेत देखिएको छ । तर, विगतमा ठूलो नोक्सान व्यहोरेका कारण धेरै किसान यसैबीच व्यवसायबाट विस्थापित भइसकेका छन् । अहिले कुखुरा पालिरहेका किसान पनि अझै संकटग्रस्त अवस्थामा रहेको उनको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार देशभर दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल उत्पादन घटेर करिब २२ लाखको हाराहारीमा झरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क