इन्फो नेपाल — सञ्चारको सञ्जाल

चालक निदाउँदा उदयपुरमा ट्रक दुर्घटना हुँदा ४ जनाको मृ´त्यु

सुनसरी | आज बिहान उदयपुरको कटारी नगरपालिका-१४ भदौरेको चनौटे खोलानजिक मकवानपुरको हेटौंडाबाट हिनेको ट्रक दुर्घटना हुँदा चार जनाको मृ´त्यु भएको छ । मकवानपुरको हेटौंडाबाट मिक्लु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतिर जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक शिद्धिचरण लोकमार्गअन्तर्गत कच्ची सडकखण्डमा आफैँ अनियन्त्रित भएर बिहान साढे २ बजेतिर दुर्घटनामा परेको हो । चालक निदाउँदा ट्रक सडकबाट लगभग एक सय मिटरजति तल खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ट्रक दुर्घटनामा परी चालक बारा जिल्लाको सिमरा-१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा-१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै मृ´त्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले जानकारी दिए । घटनास्थलमै रहेका शवहरु बाहिर निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।घटनास्थलमा उद्धारका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । दुर्घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क