इन्फो नेपाल — सञ्चारको सञ्जाल

चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृत्यु, २० घाइते

चितवन |  चितवनको राप्ती नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस र माइक्रोबस एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने २० जना यात्रु घाइते भएका छन्। शुक्रबार बिहान भएको उक्त दुर्घटनामा धनगढीबाट काकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ३५८३ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको माइक्रो एकआपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर छ भने केहीको सामान्य रहेको छ। घाइतेहरूको भरतपुर अस्पताल, एलाईभ अस्पताल, पुरानो मेडिकल कलेज र नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

भरतपुर अस्पतालमा मृत्यु हुनेमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, हेटौंडा–५ की ५३ वर्षीया मैया कुमारी न्यौपाने पहाडी, नाम नखुलेका १८/१९ र २४/२५ वर्षकी दुई महिला, २२/२३ वर्षीय पुरुष, ३०/३५ वर्षीया गर्भवती महिला र ३५/४० वर्षीय पुरुष रहेका छन्।

एलाईभ अस्पतालमा उपचाररत घाइतेहरूमा मकवानपुरका सक्षम थापा (१६), सिंहबिर घलान (३२), विष्णु लम्साल (३१) र गंगा घलान (३४) रहेका छन्। पुरानो मेडिकल कलेजमा झापा गौरादह–९ की सुशीला बराल (६५), उमा बराल (६७), कञ्चनपुर बेलौरी–४ का वीरबहादुर जैसी (४८) र रुकुम पश्चिम आठबिस्कोट–९ का सन्देश ओली (३०) को उपचार भइरहेको छ। नयाँ मेडिकल कलेजमा १० जनाको उपचार भइरहेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक रुपेश विष्ट, खैरहनीबाट प्रहरी निरीक्षक प्रदिपजंग महत र टाँडीबाट डिएसपी रन्जन अवाको नेतृत्वमा ४५ जनाको प्रहरी टोली खटिएको छ। घटनाबारे थप अनुसन्धान र विवरण संकलनको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क