इन्फो नेपाल — सञ्चारको सञ्जाल

चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर

चितवन | चितवन जिल्ला माछा, मासु, दूध र अण्डा उत्पादनमा आत्मनिर्भर भएको छ। पशुसेवा कार्यालय चितवनका अनुसार जिल्लामा प्रतिव्यक्ति न्यूनतम आवश्यकता भन्दा बढी खाद्यान्न उत्पादन हुने गरेको छ। दूध उत्पादन प्रतिव्यक्ति १३६.३३ लिटर रहेको छ जुन न्यूनतम आवश्यकता ९१ लिटर भन्दा ४५.३३ लिटर बढी हो। त्यसैगरी, मासु उत्पादन २५.५३ किलो, अण्डा ४६१ गोटा र माछा ६.४४ किलो प्रतिव्यक्ति उपलब्ध छ जुन क्रमशः न्यूनतम आवश्यकता १४ किलो, ४८ गोटा र ५ किलो भन्दा बढी हो। कार्यालयका प्रमुख सुशील केसीका अनुसार जिल्लामा गाईभैँसी, बाख्रा, कुखुरा, बंगुर र माछा पालनलाई किसानले व्यावसायिक रुपमा अघि बढाएका छन्। यहाँ ३५९ गाईफार्म, ५० भैँसीफार्म, ४५३ बाख्रा फर्म, ६० बंगुरपालन फार्म, १९०० कुखुरा फार्म र ५०७ माछा फर्म सञ्चालनमा छन्। विगत आर्थिक वर्षमा चितवनमा ९८ हजार मेट्रिकटन दूध, १ लाख ८४ हजार मेट्रिकटन मासु, ४६ हजार मेट्रिकटन माछा र ३३ करोड अण्डा उत्पादन भएको थियो। कृषकले उत्पादित खाद्यान्नलाई व्यवस्थित गर्न सके राष्ट्रिय आवश्यकता पनि पूरा गर्न सजिलो हुने केसीको धारणा छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क