इन्फो नेपाल — सञ्चारको सञ्जाल

चिनियाँ राजदूत भेटे लगत्तै प्रचण्ड बालकोटमा

काठमाडौं। चिनियाँ राजदूतलाई बालुवाटारमा भेटे लगत्तै प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन्। दुई नेता बीच अहिले छलफल जारी रहेको बताइएको छ।  पुस २६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद् बिस्तारको गृहकार्यमा रहेका छन् । आइतबार साँझ पनि दुईबीच बालुवाटारमा भेटवार्ता भएको थियो । आजको भेटमा ओली–प्रचण्डबीच मन्त्रिपरिषद् बिस्तार, राष्ट्रपति र सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको ओलीको सचिवालयले जानकारी दिएको छ । आउँदो बुधबार हुने सभामुख निर्वाचन नजिकिएसँगै भेटवार्ता पनि बाक्लिएको देखिएको छ ।  पछिल्लो समय मन्त्रीमण्डल विस्तारका बारेमा छलफल भइरहे पनि कुनै निर्क्योल निस्किन सकेको छैन। सभामुख र राष्ट्रपतिका बारेमा नेपाली कांग्रेससँग पनि छलफल गरिने प्रचण्डले बताएपछि गठबन्धनमा केही शङ्काहरू उत्पन्न हुन थालेको बताइएको छ।  मन्त्रीमण्डल विस्तारका बारेमा सामाजिक सञ्जाल र सञ्चार माध्यमहरू मार्फत विभिन्न टीकाटिप्पणी सुरु भएको छ। गठबन्धनमा रहेका पार्टीहरूलाई प्रश्न तेर्सिएको छ मन्त्रीमण्डल विस्तारका बारेमा भने कांग्रेसले किन विश्वासको मत दियो भनेर राजनीतिक कारण खोज्न विश्लेषकहरू व्यस्त रहेका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गरेका थिइ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गरेका थिए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क