इन्फो नेपाल — सञ्चारको सञ्जाल

चुनावमा साँठगाँठ गर्न एमाले अध्यक्ष ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र निबास पुग्छन

काठमाडौं ११ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी चुनावमा साँठगाँठ गर्न एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले पुर्व प्रधानमन्त्री समेत रहेका ओलीमाथि यस्तो आरोप लगाएका हुन् । अध्यक्ष ओली दक्षिणपन्थी शक्ति भएकाले उनी दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्ने गरेको अर्को आरोप लगाएका उनले भने , राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् ।’ ओलीलाई दक्षिणपन्थी भनेर आरोप लगाएका नेपाल आफु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको जिकिर गरेका छन् । आफ्नो शक्तिमा भरोसा गर्न आग्रह गरेका नेपालले सम्बोधनमा आफ्नो शक्तिमाथि भरोसा गरेर, संगठन निर्माण गर्न आग्रह गरेका छन् । आगामी चुनावमा गठवन्धन गरेर जाने विषयमा भने कांग्रेसको आज बस्ने केन्द्रिय कार्यसमितिको बैठकले निणर्य गर्ने पनि जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क