इन्फो नेपाल — सञ्चारको सञ्जाल

छक्का पञ्जा-३ ले तोड्यो रेकर्ड, बन्यो युट्युबमा सबैभन्दा बढी हेरिएको नेपाली फिल्म

काठमाण्डौं । दीपक दीपाको फिल्म 'छक्का पञ्जा-३' ले नयाँ रेकर्ड कायम गरेको छ। यो फिल्मले युट्युबमा सबैभन्दा बढी हेरिएको नेपाली फिल्मको रेकर्ड कायम गरेको हो।

आठ वर्षअघि रिलिज भएको फिल्म 'प्रेम गित' को रेकर्ड तोडेर 'छक्का पञ्जा-३' ले यो उपलब्धि हासिल गरेको छ। 'प्रेम गित' ले तीन करोड २३ लाखभन्दा बढी भ्युज पाएको थियो। तर 'छक्का पञ्जा-३' ले केवल तीन वर्षमै यो रेकर्ड तोडेको छ।

'छक्का पञ्जा-३' युट्युबमा तीन करोड ५१ लाख भन्दा बढी भ्युज पाउने पहिलो नेपाली फिल्म बनेको छ। नेपालको जनसंख्या भन्दा बढी भ्युज पाएको यो फिल्म कम समयमा सबैभन्दा बढी हेरिएको नेपाली फिल्म बनेको छ।

यस उपलब्धिपछि फिल्मका कलाकारहरुले सामाजिक सञ्जालमार्फत दर्शकलाई धन्यवाद दिएका छन्। 'माग्ने बूढा' केदार घिमिरेले फिल्म हेरेर रेकर्ड बनाउन सहयोग गर्नुहुने दर्शकप्रति आभार व्यक्त गरेका छन्।

त्यस्तै, फिल्मका लेखक दीपक राज गिरीले पनि दर्शकलाई साना खुशीले नै काम गर्न जाँगर लाग्ने भन्दै कृतज्ञता व्यक्त गरेका छन्।

विसं २०७५ असोज २४ गते घटस्थापनाबाट प्रदर्शनमा आएको यो फिल्मले सिभिल मलको ब्यूएफएक्स, बिग मुभिज, एफक्युबलगायतका उपत्यकाका ९ हलमा ५१ दिनसम्म रन गरेको थियो।

दीपाश्री निरौलाको निर्देशनमा बनेको यस फिल्ममा दीपकसँगै शिवहरी पौडेल, जितु नेपाल, केदार घिमिरे, किरण केसी, दीपिका प्रसाईं, नीर शाह, जयनन्द लामा र शिशिर वाग्ले लगायतका कलाकारको अभिनय रहेको छ।

हालसम्म यसकै 'छक्का पञ्जा' शृंखलाका सबै फिल्महरु सुपरहिट रहेका छन्। यसै क्रममा 'छक्का पञ्जा-५' को छायांकन जारी छ र यो आगामी दशैँको फुलपातीबाट प्रदर्शनमा आउने घोषणा भइसकेको छ।

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता