इन्फो नेपाल — सञ्चारको सञ्जाल

छिन्ताङदेवी मन्दिर: जुन साझ मात्र खाेलिन्छ, जहाँ आगो कहिल्यै निभ्दैन

धनकुटा: मन्दिरमा प्रायः बिहान पूजा शुभारम्भ गरी दिनभरि दर्शनार्थीका लागि खुला राख्ने गरिन्छ तर धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर ३ स्थित छिन्ताङदेवी अर्थात् जल्पादेवी मन्दिर दिनभरि बन्द हुन्छ साँझ परे पछि पूजाका लागि खोलिन्छ । देशका विभिन्न धार्मिक स्थल तथा मन्दिरहरूमा बिहान धूमधाम साथ पूजा भइरहँदा धनकुटास्थित छिन्ताङदेवी अर्थात् जल्पादेवीको मन्दिर भने बन्द हुन्छ तर जब अन्य मन्दिर साँझको पूजापछि बन्द हुन थाल्छन् । तब यो मन्दिर खुल्छ अनि पूजाअर्चना हुन्छ । यही छुट्टै विशेषताका कारण देशका अन्य मन्दिर भन्दा यो मन्दिर फरक बनेको छ । शहीदभूमि गाउँपालिका वडा नम्बर ३ छिन्ताङमा रहेको यो मन्दिरमा साँझ परेपछि दर्शनार्थीको भिडभाड बढ्छ र राती अबेर सम्म पूजा हुन्छ । यो मन्दिरमा बेलुका पूजा हुने चलन नयाँ भने होइन । पहिले देखि नै यस्तै चलन रहिआएको मन्दिर व्यवस्थापन समितिका पूर्वअध्यक्ष यो गेन्द्र राई बताउछन । यो मन्दिरमा औसी र आइतबार बाहेक सधैँ नियमित पूजा बेलुका ५ बजे पछि मात्र हुने गरेको छ । उनका अनुसार यो मन्दिरका दुई दिदीबहिनी छन् । सङ्खुवासभा जिल्लामा रहेको दिदीको बिहान र दिउँसो पूजा हुने गरेकाे छ भने त्यहाँ पूजा सम्पन्न भएपछि मात्र यहाँ पूजा सुरु हुने गर्छ । बेलुकी पूजा हुनुबाहेक यो मन्दिरको अरू पनि केही फरक विशेषता रहेको स्थानीयवासी बताउछन। यो मन्दिर रहेको स्थानमा एक अनौठो प्रजातिको रुख छ । त्यही रुखको फेदमा मुख्य देवीको बसोबास रहेको विश्वास गरिन्छ ।तर सो रुख कुन प्रजातिको हो र कति पुरानो हो भनेर अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय बासिन्दाको दाबी छ । सो रुखको बीचमा एक कर्कलोको पात छ । त्यो पात नकहिले मर्छ न कहिले सुक्छ । त्यस्तै रजस्वला हुने उमेर समूहभन्दा माथिका महिलालाई यो मन्दिर प्रवेशमा निषेध गरिएको छ । सुक्खा ग्रस्त यो क्षेत्रमा मन्दिर आसपास भने पानीका मूल प्रशस्त रहेका छन् । दैवी शक्तिकै कारण मन्दिरमा यस्तै अनौठो कुरा रहेको स्थानीय सूर्यप्रकाश विश्वकर्मा बताउछन । यो मन्दिरमा नियमित दर्शन गर्न देशका विभिन्न स्थानबाट दैनिक सयभन्दा बढी भक्तजन आउने गरेका छन र मन्दिरमा सुँगुर , खसीबाहे क परेवा, कुखुरा बोका, हाँस र राँगाको बली चढाइने गरिन्छ । त्यस्तै यहाँको अर्को विशेषता भनेको यहाँ धुनीको रूपमा रातदिन कहिले पनि ननिभ्ने गरी आगो बालिने गरिन्छ । समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क