इन्फो नेपाल — सञ्चारको सञ्जाल

"जति सक्छस् लुट तैलाइ मात्र छुट" गीत सार्वजनिक (भिडियो )

काठमाडौं: सुदुर पश्चिम बैतडी जिल्ला सिगाश गाउँपालिका घर भइ हाल काठमाडौं बस्दै आएका महेन्द्र बोहराको भ्रष्टाचार विरुद्ध ब्याङ्ग्यात्मक "जति सक्छस् लुट तैलाइ मात्र छुट" बोल नामक गीत सार्वजनिक भएको छ । उक्त गीतलाई उत्पादक/बितरक महेन्द्र म्युजिक प्रा.लि गरेको छ । सोही गीतलाई श्रीजना महेन्द्र बोहराले गरेका हुन भने स्वर/लय/शब्द/ निर्देशन का साथसाथै आफुले पनि स्वयम् अभिनय गरेका छन् सोही गीतमा अभिनय गरेर साथ दिएका छन् बिमल खड्का र मनोज घिमिरेले भने छायांकन सन्तोष सुवेदीले गरेका हुन भने सम्पादन दीपक जोसिले गरेका छन् । यो गीतले एउटा भ्रष्टाचार विरुद्धको अवाज उठाइ रहेको महेन्द्र बोहोरा बताउछन् । उनि भन्छन "अघिल्लो निर्वाचन २०७४को चुनावमा जनताहरुलाई झुठो आश्वासन दिएर काठमाडौंको सिंहदरवारलाई गाउँगाउँमा पुर्याउछौ भनेर जनतालाई खुसी पार्दै आफू सत्ता र सक्तिमा पुगे र जनताले यहीँ दलका नेताहरुलाई जिताएर सत्ता र सक्तिमा पुर्याए तर जनताका समस्या कसले कहाँ कति समाधान गरेत? जनताले के कति सुविधा पाएत? जनाताले चाहेको स्वास्थ शिक्षा र रोजगार खैत पाएको ? भनेर उक्त गीतकथामा प्रष्ट पारिएको छ र हामी नेपाली जनताले कहिले सम्म बिदेशी को दासी भएर बस्नु पर्ने हामी नेपाली जनताले चाहेको सुखी र समृद्धि नेपाल कहिले सम्म बन्ने हो र हाम्रो देशको कानुनको नियम नीति कहिले सम्म खरिद र बिक्री हुने होर आज ३०/३२ सौ बर्ष भयो हामी नेपाली जनतालाई ठग्दै आएको र आज हुँदा हुँदा देश बिपरित राष्ट्र घाती एमसीसी लाई पनि पास गरे हजारौं जनताहरु एमसीसी विरुद्ध सडकमा आन्दोलन गर्दा पनि हामी आम नेपाली नागरिकहरुले भनेको कुराहरु सुनेन र २८/२९ बर्ष भयो मदन भण्डारीको ह'त्या भएको २२/२३ बर्ष भयो स्वर्गीय राजा बिरेन्द्र हत्या भएको र ६/७ बर्ष भयो निर्मला पन्तको बलात्कार पछि हत्या भएको र निर्मला पन्त जस्ता हजारौं छोरी दिदिबहिनीहरुको हत्यारालाई अहिले किन पावर र पौहुचका भरमा लुकाएर राखेका छन् कोभिड्को बेला राहत बाड्दा जेलमा हाल्ने र कयौ नेपाली जन्ताहरु भोकभोकै मर्नुपर्ने र एउटा कलाकारहरुले गीत गाउँदा किन धम्की दिन्छन् भन्ने जस्ता कुराहरूको उक्त गीतमा समाबेश गरिएको छ ।" उनि भन्छन "अब आउदो चुनावमा हामी आम नेपालीनागरिकहरुले सचेत बन्नुपर्छ भन्ने सन्देश दिएको छ" । भिडियो

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता