इन्फो नेपाल — सञ्चारको सञ्जाल

जनतामा आतंक फैलाउने काम गरेको आरोप : एमालेका अध्यक्ष केपी ओली

विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले प्रतिपक्षीलाई दमन गर्ने र जनतामा आतंक फैलाउने काम गरेको आरोप लगाएका छन् । नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलिले प्रधानमन्त्री प्रचण्डले विना अर्थको विदेश भ्रमण गरेको बताए । उनले प्रधानमन्त्रीले भ्रमणमा जादा देश र राष्ट्रिय हितको पक्षमा नवोलेको आरोप समेत लगाए । उनले दिनदहाडै खुँडा हानेर मान्छेको हत्या गर्ने कार्यकर्तालाई आममाफि दिने, आफ्ना अपराधी छुटाउने र प्रतिपक्षलाई दमन गरेर जेल हाल्ने काम यो सरकारले गरिरहेको भन्दै आक्रोस पोखे । अध्यक्ष ओलिले सरकार अपराधी छोड्न सिफारिस गर्ने राष्ट्रपतिले साथ दिने भन्दै कांग्रेसका नेताहरु अपराधीलाई फुलमाला लगाउने विपक्षिलाई मुद्धा लगाउने गरेको बताए । उनले खराब परिस्थितिबाट फाइदा लिन खोज्ने तत्व र शक्तिहरुबाट एमाले सचेत रहनु पर्ने र त्यस्ता शक्तिलाई परास्त गर्नुपर्ने बताए । उनले अधिवेशनबाट सकेसम्म सर्वसम्मतिबाट नेतृत्व छान्ने नसके निर्वाचनबाटै चुनिन आग्रह गरेका छन् । प्रदेश अधिवेशनमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य, स्थायी कमिटी सदस्यहरू, केन्द्रीय कमिटी सदस्यहरु नेता कार्य कर्ताको सहभागी रहेको थियोे । अधिवेशनमा एक हजार ४७ प्रतिनिधि सहभागी हुने अधिवेशन आयोजक समितिले जनाएको छ । प्रदेशका १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुरलगायत क्षेत्रका प्रतिनिधि र पर्यवेक्षक सहभागी रहेको प्रदेश अध्यक्ष तुलसिप्रसाद न्यौपानेले जानकारी दिए । आजको अधिवेशन १ हजारको नेता कार्यकर्ताको सहभागी रहेको उनले बताए । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । अध्यक्षका लागि घनश्याम खतिवडा र विनोद ढकाल मुख्य प्रतिष्पर्धी छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क