इन्फो नेपाल — सञ्चारको सञ्जाल

जसपा बैठकमै कुटाकुट

जनकपुरधाम । धनुषा जिल्लास्थित एक होटेलमा भइरहेको जनता समाजवादी पार्टीको निर्वाचनको समीक्षा बैठकमा नेताबीच कुटाकुट भएको छ । पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव सहभागी कार्यक्रममा अन्तर्घातका कारण विभिन्न पालिकामा हारिएको भन्दै नेताहरू कुटाकुट गरेका हुन् । नामै किटेर आरोप प्रत्यारोप चल्न थालेपछि त्यहाँ कुटाकुट भएको हो । धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित होटेल बाबाको ढाबामा सो कुटाकुट भएको हो । सबैला नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवल समूहको अन्तर्घातको आरोप लगाएका थिए । उनी सिटमा मात्र के बसेका थिए, यादवका समर्थकले उनीमाथि कुटपिट गरेका हुन् । कुटाकुट गर्नेलाई केहीबेरमै बाहिर निकालिएको र कोही पनि गम्भीर घाइते नभएको पार्टीका एक जना जिल्लास्तरीय नेताले बताएका छन् । कुटाकुटमा सिकिन्दरसिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई चोट लागेको छ । तर, कार्यक्रमस्थलमा हातहतियार नभएकाले ठूलो चोट लाग्न नपाएको बताइएको छ ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क