इन्फो नेपाल — सञ्चारको सञ्जाल

जाडोमा झनझन् हिमालतिर चौँरी जाँदै

काठमाडौं : चिसो बढेसँगै उपल्लो मुस्ताङी जाडो छल्न बेंसी झरेका छन् । सामान्यतया हिउँदका चिसा दिनमा हिमाली बस्तीबाट मान्छे मात्र होइन चरन खर्कमा लागिरहेका भेडा र चौँरीगोठलाई तल्लो बस्ती वरपर न्यानो क्षेत्रमा ओर्लन्छन् । मुस्ताङको उपल्लो भेग लोमान्थाङका गोठामा भने झन् झन् माथि र टाढाको चरन क्षेत्रतिर लाग्दैछन् । हिउँदका चार महिना उपल्लो भेगमा भेगका चौँरीगोठ हिमालपारिको केक्याम उपत्यकाको चरन क्षेत्रमा लग्ने गर्छन् ।केक्याम लोमान्थाङबाट चुम्जुङ गाउँ हुँदै दक्षिण जाने बाटोमा छ । पारिलो रहेको केक्याम चरन उपत्यका पुग्न लोमान्थाङबाट तीन दिन लाग्छ ।हिउँदको चिसो र हिउँदले ढाकिने मौसममा चौँरी धपाउँदै छोसेर, चुम्जुङ , छोन्हुप, लोमान्थाङ क्षेत्रका चौँरीगोठ भने झन् माथिको केक्याम चरन उपत्यका पुगेका छन् । चार महिनालाई पुग्ने खर्च (रासन) बोकेर चौँरीगाई धपाउँदै केक्याम पुग्ने १२ गोठामध्येका एक हुन् , लोमान्थाङ गाउँपालिका-४ चुम्जुङका शरदसिं ध्याप्चो गुरूङ । बर्खाभरि चौँरी, भेडा घोडा , खच्चड चर्ने हिमालवारिका चरन क्षेत्र हिँउदमा बाक्लो हिँउदले हाक्ने गर्दछ । यो समाचार कान्तिपुरमा पनि छापिएको छ ।

सम्बन्धित समाचार

गोरखाको धार्चेमा सुक्खा पहिरो

गाेरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारुबगर र ठाडो भर्‍याङको जंगल क्षेत्रमा सुक्खा पहिरो खसेको छ। आज (शनिबार) बिहान करिब ८ बजेतिर त्यस क्षेत्रमा सुक्खा पहिरो गएको हो। ​पहिरो…

इन्फो डेस्क

बाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बाढीपहिरोले तहसनहस बेनी–दरवाङ–मुना सडक, पुनर्निर्माणमा सात करोड

बाबियाचौर । गत असोजमा आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले पश्चिम म्याग्दीको प्रमुख यातायात मार्ग बेनी–दरवाङ–मुना सडकमा ठूलो क्षति पुर्‍याएको छ। सडकका विभिन्न खण्डमा पहिरो खस्ने,…

इन्फो नेपाल संवाददाता