इन्फो नेपाल — सञ्चारको सञ्जाल

जापानमा बस्ने नेपालीको खातामा एक करोड येन आएपछि...

एजेन्सी । जापानको मिएई प्रिफेक्चरमा बस्ने एक नेपालीको खातामा १ करोड येन आएको छ । गोर्खा घर भइ अहिले मिएईमा बस्दै आएका २९ वर्षिय कृष्ण रेग्मीको खातामा रकम जम्मा भएको भन्दै सोमवार बिहान मोबाइलमा अलर्ट आयो । मेल खोलेर हेर्दा खातामा पैसा जम्मा भएको सन्देश थियो । सन्देशमा कारोबारबारे सबै जानकारी थिएनन् । त्यसपछि उनले मोबाइलबाटै बैंक खाता हेरे । खाता चेक गर्दा सन्देशमा भने झैं १ करोड येन जम्मा भएको थियो । उनलाई सो रकम एउटा विद्यालयको खाताबाट आएको थियो । बैंक खुल्ने बित्तिकै उनले यसबारे बैंकलाई जानकारी गराए । अहिले उनको खातामा जम्मा भएको रकम फिर्ता गर्ने प्रक्रिया चलिरहेको छ । बैंकले रकम फिर्ताका लागि मागेका सबै कागजपत्रहरु तयार पारेर रेग्मीले पठाइसकेका छन् । केही दिनमै जुन खाताबाट पैसा आएको हो सोही खातामा फिर्ता जान्छ । यसरी झुक्किएर आएको पैसा जानी जानी खर्चदा विविध कानूनी झमेला भोग्नु पर्छ । कहिले रोजगार दाताले एक महिनाको तलब दिनु पर्ने ठाउँमा २४/२५ वर्षको तलब एकै पटकमा पठाएको त कतै ७० डलर फिर्ता गर्न खोज्दा रकमको स्थानमा खाता नम्बर राख्दा ७ करोड डलर गएको खबरहरु पनि केही समय अघि सार्वजनिक भएका थिए । जापानको एउटा शहरले शहरभरका न्यून आए भएका घरपरिवारलाई दिन ठिक पारेको रकम एउटै व्यक्तिको खातामा जाँदा सो रकम फिर्ता गराउन नगर सरकारलाई ठूलै सकस भएको थियो ।

सम्बन्धित समाचार

मकवानपुरको सेनवंश र कोशीसँगको ऐतिहासिक सम्बन्ध

मातृकाप्रसाद कोइराला हेटौँडा | पृथ्वीनारायण शाहले नेपाललाई एकीकरण गर्नु अघिसम्म यो भूभाग थुप्रै राज्यहरूमा विभाजित थियो। पश्चिममा बाइसी–चौबीसी राज्य, मध्यमा काठमाडौँ उपत्यकाका विभि…

इन्फो नेपाल संवाददाता

एउटा सामान्य मुसा बन्यो 'सुपरहिरो'

काठमाडौं |अफ्रिकाबाट प्रशिक्षण लिइएको एक विशेष जातको मुसा ‘रोनिन’ले बारूदी सुरुङ पत्ता लगाउने कार्यमा कीर्तिमान कायम गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। कम्बोडिय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

तपाईं नझुकिनुहोस्, भोलि अप्रिल फुल्स डे!

काठमाडौं | अप्रिल १ अर्थात् अप्रिल फुल्स डे (April Fool's) भोलि परेको छ। प्रत्येक वर्ष अप्रिल पहिलो तारिखका दिन संसारभर मजाक, ठट्टा र झूटो समाचार फैलाउने परम्परा रहँदै आएको छ। इन्ट…

इन्फो नेपाल संवाददाता