इन्फो नेपाल — सञ्चारको सञ्जाल

जाल्पा सामुदायिक लघुवित्तको आईपियो बाडफाँट सम्पन्न , यसरि हेर्नुहोस नतिजा

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ आज बाँडफाँड भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलकाको अनुरोधमा टाइम स्क्वायर रेष्टुरेन्ट, बालुवाटार काठमाडौंमा बाडफाँट सम्पन्न भएको हो । आजनै आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाएको र उताबाट स्वीकृति आएसँगै आइपीओ बाँडफाँड भएको हो । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आवेदन दिने मध्य ४८ हजार ७ सय ९० जानाले १० कित्ताका दरले शेयर हात पारेका छन् भने बाकि २६ लाख बढीको हात खालि रहेको छ। आईपीओमा अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० आवेदकबाट ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन परेको हो । यो माग गरिएभन्दा ६६ दशमलव ६५ गुणा बढी हो । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो । लघुवित्तले निष्काशन गरेको को कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित थियो । कसरि हेर्ने नतिजा : - नतिजा हेर्नको लागि नेप्से बजारको एप डाउनलोड गर्नुहोला। - एप खोलि IPO RESULTS भन्ने अप्सन छान्नुहोला। - आफ्नो दिम्याट नम्बर हानि कम्पनि छान्नुहोला। - त्यसपछि तपाइले आफ्नो नतिजा हेर्न सक्नु हुने छ। आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ। हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ। संस्थाले ग्रामीण एंव शहरी क्षेत्रमा बसोबास गर्ने विपन्न तथा न्युन आय भएका समुदायका व्यक्तिहरुलाई वित्तीय सेवामा पहुँच अभिवृद्धि गराई, स्वरोजगार सृजना गर्दै सम्मृद्ध समाज निमार्ण गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

आइपिओ निष्काशनका लागि २ कम्पनीलाई धितोपत्र बोर्डको स्वीकृति

काठमाडौं | जारी पूँजी ७५ करोड रहेको क्रेस्ट माइक्रो लाइफसँगै नेपालको पहिलो औषधी कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्सले आइपिओ निष्काशन गर्न अनुमति पाएका छन् । माघ ४, बिहीबार धितोपत्र…

इन्फो नेपाल संवाददाता

७७ कम्पनीले ल्याउँदै आईपीओ, सर्वसाधारणले १ लाख रुपैयाँ जुटाउनुपर्ने

काठमाडौं | करिब ११ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा सन्तोषनारायण श्रेष्ठको नियुक्तिसँगै लामो समयदेखि रोकिएका आईपीओ (साधारण शेयर) निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ। ७७ कम्…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आजदेखी सुपर मादी हाइड्रोको आईपीओ

काठमडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो । आईपीओमा लगानीकर्ताले आउँदो माघ १२…

इन्फो नेपाल संवाददाता